अनिता भण्डारी (पौडेल )
नँया बानेश्वर , काठमाडौँ
किन यति धेरै मान्छेको भिड यो शहरमा
कोही बाध्यतामा छन् कोही छन् रहरमा
कमाउने त कमाएका छन् बेफिक्री यहाँ
नसक्नेहरु कठै मरेका छन प्रत्येक प्रहरमा
लहैलहमा छोडे गाउँ ऋण माथी ऋण बोकी
बाँझो रह्यो खेतबारी सुक्यो पानी नहरमा
गाईबस्तु हरियाली खोलानाला लोप हुदैछन्
लेउ र घाँस उम्रेको छ अहिले सबैको घरमा
आफ्नै देशले दिएन खान लाखौं युवा पलायन
महंगी आकाशियो खाद्यान्न डुबेको छ जहरमा
Total Page Visits: - Today Page Visits: