बिनायक अधिकारी

बिशेष गरि गजल गायनमा आफनो बेग्लै छबि बनाउनु भएका गायक राज सिग्देलको भगवान कसम गीत बजारमा आएको छ । गीतमा रोशनी खनालको शब्द रचना अनि राज सिग्देलको आफनै संगीत रहेको छ । उक्त गीत राज सिग्देलले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको छ । राज सिग्देललाइ उ जितेर गइ या हारेर गइ भन्ने गीतले सर्बाधिक चर्चाको शिखरमा पुर्याएको थियो ।

यस गीतको भिडियोको एरेन्जरका रुपमा गोपाल रसाइली रहनुभएको छ भने चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । प्रेम भाव यस गीतको म्युजिक भिडियोमा गीतका गीतकार रोशनी खनाल र गायक राज सिग्देल नै देखिनुभएको छ भने यस भिडियोलाइ हरि हुमागाईले छायांकन गर्नुभएको हो । राजेश शाहको सम्पादन तथा निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोलाई कसम नेपालले सहायक निर्देशन गर्नुभएको छ ।
https://youtu.be/FJBcfJUOW4Q

Total Page Visits: 2684 - Today Page Visits: 1
Shares