अष्ट्रेलियाको राजधानि क्यानबेरा कर्मथलो बनाउनुभएका र अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्यानबेरा च्याप्टरका सदस्य समेत रहनुभएका काशी भुसालको गीत बजारमा आएको छ । प्रसिद्ध गाएक प्रमोद खरेल, चर्चित एवं निकै सफल संगीतकार हरि लम्सालको संगीत रहेको “मैले क़सम खाएर” गितलाई बिकाश जैसीले भिडियो निर्देशन गर्नुभएको छ ।
यस गितमा कलाकारको भूमिका निभाऊनुहुने कलाकार सुमित सापकोटा, श्री लामा र ममता शाही ठकुरी रहनुभएको छ । गीत अत्यन्तै सुमधुर रहेको छ, जति सुने पनि सुनौंलाग्ने सुमधुर रहेको छ भने शब्द र संगीत पनि उत्तिकै मनछुने रहेको छ ।


Total Page Visits: 2559 - Today Page Visits: 1
Shares