E0B1EA0A-4E6F-4A34-9102-BA0BF0C6B1AE-300x164 एनआरएनए अष्ट्रेलियाले गर्यो बिभिन्न कार्यक्रम सार्वजनिक ।गैर आवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाले वार्षिक रूपमा गर्दै आएको ‘वाल्क फर वेलफेयर’ यस वर्ष पनि राष्ट्रिय रूपमा अस्ट्रेलियाका सबै राज्यमा ‘वाल्क फर वेलफेयर (वेलफेयर फर उमन)’ भन्ने नारा सहित आयोजना गर्ने भएको छ ।

मानसिक रोग र घरेलु हिंशा न्यूनीकरण सम्वन्धि जानकारी सहित गरिने वाल्क फर वेलफेयर मार्फत उठेको रकमको ६० प्रतिशत नारी निकुञ्ज अष्ट्रेलियाद्वारा महिला कल्याणका लागि खर्च गरिने र ४० प्रतिशत रकम सोसियल वेलफेयर कोषमा जम्मा गरिने भएको छ।

यस्तै गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले अस्ट्रेल एसिया मेडिकल एण्ड डेन्टल एशोसिएसनबीच नेपाली समुदायमा आइपर्ने विविध आपतकालीन स्वास्थ्य समस्याका लागि २ वर्ष साझेदारीका रूपमा काम गर्ने सम्झौता भएको प्रवक्ता डिला खरेलले सेतोपाटीलाई जानकारी दिए।

उक्त सम्झौता पत्रमा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने र अस्ट्रेल एसियन मेडिकल एण्ड डेन्टल एशोसिएसनका अध्यक्ष डा. घनश्याम चापागाईले हस्ताक्षर गरेका छन्।

सन् २०१२ मा स्थापित गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको सोसियल वेलफेयर फन्डमा हाल ९२ हजार सात सय २७ डलर रहेको छ। यस्तै स्टुडेन्ट वेलफेयर फन्डमा ४० हजार ८ सय ५६ रूपैया रहेको एनआरएनका प्रवक्ता खरेलले जानकारी दिए।

खरेलले स्टुडेन्ट वेलफेयर फन्डलाई नीति अनुरूप बिभिन्न कार्यक्रम मार्फत खर्च गरिने योजना रहेको बताए।

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको वार्षिक कार्यक्रम अन्तर्गत दिगो संस्थागत सुदृढीकरण र अभिमुखीकरण कार्यक्रम २०१८ भित्र मेल्वर्नमा गरिने, राष्ट्रियस्तरको उद्यमी सम्मेलन सिड्नीमा गरिने, नेपाली भाषाको संरक्षण लागि कार्यक्रम ल्याइने पर्यटन पवर्धन र लगानी अभिवृद्धि गर्ने उद्धेश्यसहित अस्ट्रेलियाका सवै राज्यमा नेपाल फेस्टिभल सम्पन्न गर्ने लक्ष्य राखेको प्रवक्ता खरेलले बताए।

विधार्थीको शिप विकास, व्यक्तित्व विकास एवम् उनीहरूको अध्यन अध्यापनमा सहयोग पुर्‍याउने गरि यस वर्ष एनआरएन अस्ट्रेलियाले स्टुडेन्ट सपोर्ट टास्कफोर्स निर्माण गरेको र आपतकालीन राहतका लागि आपतकालीन उद्धार कार्यदल र हेल्प डेस्क समेत गठन गरिएको उनले बताए।

संस्थागत सम्पति तथा आर्थिक पारदर्शिताका लागि एनआरएनएले हरेक तीन महिनामा आफ्नो खर्च विवरण सार्वजनिक गर्ने नीतिसमेत बनाएको खरेलले जानकारी दिए।

उनले उच्च शिक्षाका लागि अस्ट्रेलियाका विद्यार्थीको हितलाई ध्यानमा राखेर सहयोगी पुस्तिकाको प्रकाशन गरिने र राष्ट्रिय उद्यमी सम्मेलनलाई निरन्तरता दिँदै एक लगानी एक रोजगारी भन्ने नारासहित नेपालमा लगानी गर्ने गराउने वातावरण निर्माण गरिने योजना बनाएको बताए। यसका लागि अस्ट्रेलियन सरकार, अस्ट्रेलियन विजनेस काउन्सिल र नेपाल अस्ट्रेलिया विजनेस काउन्सिलको सहकार्यमा राष्ट्रियस्तरको उद्यमि सम्मेलन गरिने योजना तय भएको बताए।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया समाजिक संस्था भएकोले यसलाई संघीय र राष्ट्रिय सरकारको सम्वन्धित निकायमा दर्ता गरी विद्यमान कानुन अनुसार संस्थालाई आधिकारिक कोष संकलक तथा प्राप्त सहयोग तथा अनुदानमा कर छुट प्राप्तिको बाताबरण बनाइने खरेलले जानकारी दिए।

स्रोत : सेतोपाटी

Total Page Visits: - Today Page Visits:
Shares