बिनायक अधिकारी : क्यानबेरा
क्यानबेरा नेपलिज फुटवल क्लव (सिएनएफसी) ले हरेक बर्ष गर्ने नेपाल एम्बेसी कप फुटवल प्रतियोगिता यस बर्ष पनि गर्ने भएको छ । क्यानबेरा मात्रै नभइ अष्ट्रेलिया भरिकै फुटवल क्लवहरुको सहभागीता रहने प्रतियोगिता सिड्नी अल्बेरी मेलबर्न सहित एडीलेडका टिमहरुले भाग लिनेछन् । प्रतियोगीतामा प्रथम हुने समूहले $४५०० नगद सहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने समूहले $२००० पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगीतामा तरुणहरुलाइ पनि प्रोत्साहन गर्नका लागी ३५+ गेम हुनेछ यसमा पनि क्यानबेरा सहित बाहिरका टिमहरुले भाग लिनेछन् । त्यस्तै महिलाहरुलाइ पनि फुटवल खेलमा आकर्षण बढाउन महिला सहित अग्रजहरुको टिमले गेम खेल्नेछ ।
नेपालीहरुको घनत्व बढे संगै र खेलकुद तर्फ नेपालीहरुको आकर्षण देखेर यसपटक बहुसॉंस्कृतिक मामीला छॉंया मन्त्रि एलिजावेथ केकृट कार्यक्रममा उपस्थित हुने कुरा क्लवका अध्यक्ष आशीष सापकोटाले बताउनुभयो । प्रतियोगीताको मुख्य प्रायोजन राइट्स एण्ड एसोसियटले गरेको छ । कार्यक्रममा सबै क्यानबेरा तथा क्विनबियन बासी नेपालीहरुलाइ उपस्थित भएर भब्य बनाइदिनुहुन अध्यक्ष सापकोटाले सबैसंग आग्रह गर्नुभएको छ । दुबै दिनका खेलहरु फ्यूजन स्पोर्टसले लाइभ गर्नेछ ।
फुटवल प्रतियोगीताका लागी टिन्ट अ कार फिसविक, क्यानबेरा बिजनेस एण्ड टेक्नोलोजी कलेज, बिटर च्वइस मोर्गेज, एसएण्डएस एकाउन्टिगं, ब्रिम्टा कलेज, छोमोलोंगा नेपाली कजिन स्पोन्सर रहेका छन् भने सहयोगी संस्थाहरुमा एनआरएनए एसिटि, एएनएफएस, क्यानबेरा नेपलिज क्रिकेट क्लव रहेका छन् भने मिडिया पार्टनरमा मेरो कपुरीक डट कम, सेतोपाटि र सिएमएस एफएम रहेका छन् ।
![[Tags] 222D3E19-82B7-4CC6-8143-F0DA43866E52 नेपाल एम्बेसी कप फुटवल क्यानबेरामा हुदै ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/09/222D3E19-82B7-4CC6-8143-F0DA43866E52.jpeg?w=640&ssl=1)