बिनायक अधिकारी : क्यानबेरा

क्यानबेरा नेपलिज क्रिकेट क्लव (सिएनसिसि) मा बार्षिक साधारणसभाबाट नयॉं समिति चयन भएको छ । संस्थाका पूर्व सचिव कमल आचार्यलाइ अध्यक्षता रुपमा चयन गर्दै उपाध्यक्षमा कृष्ण सुबेदि, सचिवमा सुबर्ण कुवँर, कोषाध्यक्षमा साहिल श्रेष्ठ, क्लव डेभलपमेन्ट म्यानेजर ललित मल्ल, कार्यकारी सदस्यहरुमा सन्तोष धामी, अर्जुन ज्ञवाली, बसन्त भट्ट, यूबि बराल, प्रतीष रिजाल र प्रबिन आचार्य रहनुभएको छ ।
प्रत्येक बर्ष सिएनसिसि नाइट गर्ने योजना क्लवको रहेको छ जहॉं क्लवका स्पोन्सर, खेलाडी र सहयोगीहरुलाइ संझिनेछ । क्लवले क्लवमा नयॉं अनुहारलाइ कसरि प्रोत्साहन गर्ने जसले गर्दा क्लवको उचाइ माथि पुगोस भनेर पनि तयारि गरिरहेको छ । अघिल्लो बर्ष डिभिजन ५ बाट अत्यन्त राम्रो खेल्दै डिभिजन चारमा पुग्न सफल भएको सिएनसिसिले आफूसंग राम्रा खेलाडी रहेका कारण डिभिजन २ मा र एउटा डिभिजन ४ मा खेल्नका लागी नोमिनेसन गरेको जानकारि अध्यक्ष कमल आचार्यले दिनुभयो ।

96FA724A-5F8D-40FC-97E6-94F6BB53DEFF-1024x1024 सिएनसिसिमा नयॉं कार्यसमिति चयन : प्रेम चौधरि नयॉं कप्तान ।

प्रत्येक सनिबार लिग गेम हुनेछ र संगसंगै प्राक्टिस गेमहरु पनि हुनेछ । डिभिजन २ का कप्तान प्रेम चौधरि रहनुभएको छ उहॉं नेपालबाट १९ बर्ष उमेर समूहमा ३ पटक देशको नामबाट बोल्ड कप खेलिसक्नुभएको छ । डिभिजन ४ का लागी याम प्रसॉंइ रहेका कुरा क्लवका डेभलपमेन्ट म्यानेजर ललित मल्लले बताउनुभयो ।
यसबर्षको सिएनसिसि नाइट ५ अक्टोबरका दिन बेलुका ६ बजेबाट हेलेनिक क्लव सिटिमा हुनेछ । कार्यक्रममा खेलाडीहरुलाइ सम्मान, प्रायोजक तथा सहयोगी संघसंस्थाहरु पनि रहनेछन् भने नयॉं कार्यसमिति, नयॉं खेलाडी र स्पोन्सरहरुका बारेमा जानकारि दिइनेछ ।

Total Page Visits: 2420 - Today Page Visits: 2
Shares