बिनायक अधिकारी ; ११ अक्टुवर २०१९
क्यानबेरा:- बल्डकप २०२२ क्वालिफाइगं राउण्ड तथा एसिएन फुटवल खेलका लागी अष्ट्रेलिया भ्रमणमा रहेको फुटवल टोलिलाइ नेपाली दुताबास क्यानबेरामा स्वागत गरिएको छ । कार्यवाहक राजदुत दुरपदा सापकोटाले सबै खेलाडी तथा पदाधिकारीहरुलाइ स्वागत गर्दै खेलाडीहरुले अत्यन्तै राम्रो खेलेको मा प्रशंसा गर्दै धन्यवाद ब्यक्त गर्नुभएको थियो । अष्ट्रोलियामा आएर दशहजार नेपाली दर्शकका अघि खेल्न पाउनु पनि ठुलो कुरा रहेको बतॉंउदै खेलाडीहरुको उत्साह, जोस र जॉंगर कायम राख्न सके भोलिका दिनमा थप प्रगति हुने बिश्वास ब्यक्त गर्नुभयो ।
![[Tags] 0C8A2627-EAFC-4341-BF4F-24A68C3A2ADA-1024x768 नेपाली दुताबासद्वारा फुटवल खेलाडीहरुलाइ सम्मान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/0C8A2627-EAFC-4341-BF4F-24A68C3A2ADA.jpeg?resize=640%2C480&ssl=1)
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष अशोक बस्नेत र फेन्काका महासचिव डा कृष्ण हमालले संयुक्त रुपमा मॉंयाको चिनो प्रदान गर्नुभएको थियो भने क्यानबेका नेपलिज फुटवल क्लवका तर्फवाट अध्यक्ष आशीष सापकोटाले नेपाल र अष्ट्रेलियाको चिन्ह भएको गलबन्दि प्रदान गर्नुभएको थियो । त्यस्तै एएनएफएसका उपाध्यक्ष कुमार सापकोटाले कोचलाइ बुकेट प्रदान गर्नुभएको थियो ।
![[Tags] 0C8A2627-EAFC-4341-BF4F-24A68C3A2ADA-1024x768 नेपाली दुताबासद्वारा फुटवल खेलाडीहरुलाइ सम्मान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/984DCA6F-521F-4FA8-B576-9AF3E8A55B30.jpeg?resize=640%2C480&ssl=1)
कार्यक्रममा सबै खेलाडी तथा आगन्तुकहरुलाइ नेपाली खानाको ब्यवस्था नेपाली दुताबासले गरेको थियो । हिजोको खेल कस्तो रह्यो भन्ने प्रश्नमा कप्तान किरण चेम्जोगंले हामी सबैले सकेको प्रयास गरेका हौं, सबैले राम्रो खेल्यौं तक नतिजा हाम्रो पक्षमा रहेन ।
नेपालका कोचले अष्ट्रेलिया एकदमै बलियो राष्ट्र हो । हामीले हाम्रो प्लान अनुसार खेलेका थियौं तर खेल हाम्रो बसमा रहेन । उनिहरुले राम्रो पास खेले र उनिहरु अग्ला पनि भएकाले हामीलाइ केहि गार्हो भएको हो ।
![[Tags] 0C8A2627-EAFC-4341-BF4F-24A68C3A2ADA-1024x768 नेपाली दुताबासद्वारा फुटवल खेलाडीहरुलाइ सम्मान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/E66BE9F7-1177-4630-96AC-9522D390305D.jpeg?resize=640%2C480&ssl=1)
कार्यक्रममा नेपाली दुताबास र एन्फा अष्ट्रेलियाले गरेको सहयोग प्रति धन्यवाद दिदै टिम म्यानेजर मधुसुदनले जानकारि दिनुभयो । साथै एन्फा अष्ट्रेलियाका अध्यक्ष बिजेन बटाजुले खेलाडीहरुको स्तर राम्रो बनाउन आफूहरुले के कस्तो सहयोग गर्नुपर्छ ऑंफूहरु संधै तयार रहेको बतॉंउदै समन्वय र अन्य सहयोगको लागी नेपाली दुताबासका लागी धन्यवाद दिनुभयो ।
![[Tags] 0C8A2627-EAFC-4341-BF4F-24A68C3A2ADA-1024x768 नेपाली दुताबासद्वारा फुटवल खेलाडीहरुलाइ सम्मान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/0D3A5F11-0BC6-4D34-98B3-00648F37BF86.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 0C8A2627-EAFC-4341-BF4F-24A68C3A2ADA-1024x768 नेपाली दुताबासद्वारा फुटवल खेलाडीहरुलाइ सम्मान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/71EF42E7-16B3-42BA-BB9D-F34180944869.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 0C8A2627-EAFC-4341-BF4F-24A68C3A2ADA-1024x768 नेपाली दुताबासद्वारा फुटवल खेलाडीहरुलाइ सम्मान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/B3CC2956-CED1-4A6E-B001-8DED8B355962.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 0C8A2627-EAFC-4341-BF4F-24A68C3A2ADA-1024x768 नेपाली दुताबासद्वारा फुटवल खेलाडीहरुलाइ सम्मान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/E736274F-9AA7-407E-8381-87D41F1EDA7C.jpeg?resize=640%2C480&ssl=1)
![[Tags] 0C8A2627-EAFC-4341-BF4F-24A68C3A2ADA-1024x768 नेपाली दुताबासद्वारा फुटवल खेलाडीहरुलाइ सम्मान ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2019/10/46DEDC9F-92F7-48CC-A544-3967423C3205.jpeg?resize=640%2C480&ssl=1)
ौ