सुदीप त्रिपाठी प्रतीक
विस्रवेन १९, जुन

नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डको बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । विस्रवेनको वभेल हाईट कम्युनिटीहलमा आयोजित सभामा विविध कार्यक्रम गरिएको थियो ।
सभामा उपस्थित अधिकाश बक्ताहरुले संस्थाप्रति सदस्यहरुको संख्या घट्नुमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले संस्थागत सदस्यता बृद्धि गर्न अहिलेको बर्तमान कार्यसमिति जुजारु रुपले अगाडी बढ्नपर्ने कुरामा जोड दिएका थिए । बक्ताहरुले बर्तमान समितिका पदाधिकारीहरुलाई अग्रजहरुको सल्लाह र मार्ग निर्देशन बमोजिम अगाडी बढ्न समेत सुझाव दिएका थिए ।
कार्यक्रममा क्वीन्सल्याण्ड राज्यको नेपाली समुदायको लागि विभिन्न क्षेत्रबाट स्वयसेवा गरी सहयोग गर्ने ३ दर्जन भन्दा बढी व्यक्तिविशेषलाई विभिन्न विधा अन्र्तगत सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

CE886EA2-C322-4207-88C8-A5AB85044017-1024x724 नेपलिज एशोसिएसन क्वीन्सल्याण्डद्धारा शनिवार विविध कार्यक्रम सम्पन्न

जसमा शैक्षिक क्षेत्र तर्फ विद्या वारिधी, मास्टर, व्याचलर तथा उच्च माध्यामिक तर्फ उत्कृष्त नतिजा ल्याउन सफल, त्यस्तै विस्रवेनको नेपाली समुदायमा सञ्चालित नेपाली पाठशाला कार्यक्रमका प्रिन्सिपल, डाइरेक्टर तथा टिचर र स्वयसेवकहरु , समुदाय सेवा अवार्ड, सांस्कृतिक सेवा अवार्ड, खेलकुद सेवा अवार्ड लगायतका विधाहरु रहेका थिए ।
कार्यक्रममा द भ्वाईस अफ नेपाल सिजन फस्टका टप फोरमा पर्न सफल कुशल आचार्यले विभिन्न सांगितिक प्रस्तुतीहरु राखेका थिए। उनले गीत गाँइरहदा उपस्थित र्दशक दिर्घाका सबैजना गीतमा झुमेका थिए ।

CE886EA2-C322-4207-88C8-A5AB85044017-1024x724 नेपलिज एशोसिएसन क्वीन्सल्याण्डद्धारा शनिवार विविध कार्यक्रम सम्पन्न

कार्यक्रममा स्थानीय कलाकारहरुको विभिन्न सांस्कृतिक प्रस्तुतिहरु रहेको थियो ।
नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डका अध्यक्ष अमृत पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन टीकाराम शर्मा, डा. केशव शर्मा र अनिता अधिकारी आले मगरले पालै पालो सञ्चालन गरेका थिए ।
सन २००६ मा स्थापित नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डका क्वीन्सल्याण्डको विभिन्न ठाँउहरुमा बर्षेनि नेपाली समुदायका निमित्त विभिन्न कार्यक्रमहरु गर्दे आइरहेको छ ।

CE886EA2-C322-4207-88C8-A5AB85044017-1024x724 नेपलिज एशोसिएसन क्वीन्सल्याण्डद्धारा शनिवार विविध कार्यक्रम सम्पन्न
CE886EA2-C322-4207-88C8-A5AB85044017-1024x724 नेपलिज एशोसिएसन क्वीन्सल्याण्डद्धारा शनिवार विविध कार्यक्रम सम्पन्न

Total Page Visits: - Today Page Visits:
Shares