बिनायक अधिकारी; क्यानबेरा

कोभिड १९ (कोरोना) भाइरसले बिश्व आक्रान्त छ यतिबेला । को धनि को गरिब । को ठुलो को सानो कोहि भन्ने कुरा भएन भाइरस न हो जतिबेला जो सुकैलाइ पनि देखिन सक्छ र हुन् सक्छ । तर त्यसका लागी सावधानी अपनाउदै गर्दा अष्ट्रेलियामा भने यतिबेला अलिक सहज हुदै गएको छ । अष्ट्रेलियन सरकारले कोरोनाको प्रकोप देखिन थालेपछि बिदेशबाट यहॉं आउने जो कोहिलाइ पनि १४ दिन लकडाउनमा बस्न निर्देशन दियो र अन्त्यमा सरकार आफैंले आफना नागरिक ल्याएर होटलमा राख्ने ब्यवस्था गर्यो । सरकारको यो कार्यले जनताहरु खुसी भए र अझै यो कार्य जारी छ ।

अष्ट्रेलिया सहित बिश्वभरि यतिबेला आर्थीक मन्दिले गर्दा ब्यापार ब्यवसाय बन्द जस्तै छ । जसले गर्दा लाखौं कामदारहरु घरमा बस्न बाध्य छन् भने कतिको ब्यवसाय बन्द भएकाले कामदारको बिचल्लि छ । यहॉंका नागरिकलाइ सरकारले आर्थिक राहत प्याकेजको ब्यवस्था गरेपनि अन्तराष्ट्रिय बिध्यार्थीको हकमा भने त्यो बवस्था गरेको छैन यसले गर्दा लाखौं बिध्यार्थीहरु काम नभएर घरमा (लकडाउन) बस्न बाध्य छन् । यो जटिल परिस्थितिमा आफना देशका नागरिकको अवस्था चासो राख्नु दुताबासको कर्तब्य हो ।

यतिबेला अष्ट्रोलियामा रहेका बिध्यार्थीको सहयोगमा भने एनआरएनए अष्ट्रोलियाले गरेको सहयोगको खुलेका प्रसंसा भएको छ । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कणेंल सहित सबै स्टेटका एनआरएनए प्रतिनिधिहरु खुलेरै सहयोगमा जुट्नु भएको छ । कोडिड १९ का लागी टास्कफोर्स गठन गरेर त्यसवाट अर्थ संकलन, पिडितको पहिचान र राहत प्रकृया बाड्ने बारे संस्थाले काम गरिरहेको कुरा आइसिसि सदस्य राजु अधिकारीले बताउनु भयो । अष्ट्रेलियाको हकमा नेपाली डक्टहरुको संस्था आम्दाले पनि स्वास्थ्य सम्वन्धि जानकारि दिएर ठुलो सहयोग गरेको जानकारि दिनुभयो । यतिबेला ब्यक्तिगत रुपमा अर्थ संकलन गर्न गार्हो भएको सबैजनालाइ कोरोनाले प्रभाव पारेको हुनाले अष्ट्रेलियामा दर्ता रहेका झण्डै १७५ नेपाली संघ संस्थाहरुवाट रक़म संकलन गरि अत्यावश्यक रहेका बिध्यार्थीहरु बिशेष एनएसडब्लु र मेलबर्नका धेरै र अन्य स्टेटका केहिलाइ सहयोग भइसकेको र भइरहेको कुरा पनि जानकारि गराउनुभयो । यो बेलामा ग्लोबल एनआरएनएको पनि नेपाललाइ के कस्तो सहयोग चाहिन्छ भनेर सहयोग गरिरहेको कुरा जानकारि दिनुभएको छ ।
त्यस्तै एनआरएनए एसिटिका हकमा पनि बिशेष रुपमा काममा जान नपाएका र आर्थीक रुपमा कमजोर भएका बिध्याथीहरुको लागत संकलन गरि २० जना भन्दा बढि भाइ बहिनिहरुलाइ राहत प्याकेज सहयोग गरेको कुरा अध्यक्ष चुडामणी सापकोटाले बताउनुभएको छ । एनआरएनए एसिटिले राहत मात्रै नभइ भीजा सम्वन्धि सहयोग, काम कहॉं कहॉं पाउन सकिन्छ भनेर लिंकहरु सहयोग गर्ने त्यसका लागी कसरि जाने भन्ने सहयोग साथै अन्य सहयोगहरु पनि गरिरहेको छ र यस्ता कार्य भोलिका दिनमा पनि गरिरहने हुनाले साथिहरुलाइ यस्ता कुनै सहयोग चाहिएमा एनआरएनए एसिटिका जो सुकै सदस्य साथिहरुलाइ सम्पर्क गर्न अनुरोध गर्नुभएको छ । उहॉंले सबैजना कोरोनाबाट प्रभावित भएको हुनाले संयम रहन आग्रह गर्दै अव एसीटिको हकमा बिस्तारै बजार खुल्ने अवस्था रहेको हुनाले आफनो काममा सम्पर्कमा बस्न पनि अनुरोध गर्नुभएको छ ।

जे होस एनआरएनए अष्ट्रेलियाले यतिबेला आफनो अभिभावकको भूमिका निभाएकोमा सामाजिक संजालहरुमा धेरैबाट प्रसंसा भएको छ । यो राम्रो कुरा हो र यस्ता सकारात्मक प्रसंसाले भोलिका दिनमा एनआरएनएलाइ अझै प्रभावकारि कार्य गर्न प्रसंसा मील्नेछ । यस्तै रचनात्मक सहयोग कार्य जारि राखी सबै नेपालीहरुको मन एनआरएनएको जित्न सकोस । क्यानबेराको हकमा एनएनएफले पनि बिध्यार्थी लागी सक्दो सहयोग गरिरहेको छ भने एनारएनएलाइ आर्थीक सहयोग पनि गरेको छ । त्यस्तै सनातन समाज र सिएनएफसिले पनि आर्थीक सहयोग गरेका छन् । अझैपनि कोरोना पूर्ण रुपमा निर्मुल नभइसकेको हुनाले सबैजना आआफनो स्थानमा सजग रहनुहुने र आफनो तथा परिवारको सुरक्षा प्रवन्ध अपनाउनुहुन अनुरोध गर्दछु ।

कोरोनाबाट प्रभाबित भइ समस्यामा परेका र सहयोग आवस्यक रहेका भाइ बहिनिहरुका लागी तल उल्लेखित फर्म भर्न अनुरोध गरिएको छ ।
https://docs.google.com/forms/d/e/1FAIpQLSe_km87k0iQCNvtAtS98c5sZbQcHDxffmGnnavzy4qR8nU8tQ/viewform

https://docs.google.com/forms/d/e/1FAIpQLSe_km87k0iQCNvtAtS98c5sZbQcHDxffmGnnavzy4qR8nU8tQ/viewform

Total Page Visits: - Today Page Visits:
Shares