सुदीप त्रिपाठी प्रतीक
विस्रवेन , ११ अप्रिल
अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको विस्रवेन शहरमा सञ्चालित योग अभ्यास कार्यक्रम विगत केही साता यता अनलाईनमा सञ्चालित छ ।
पहिले साताको एक दिन आइतबार विस्रवेनको स्पीड्डहिल सामुदायिक हलमा सञ्चालन हुदैँ आइरहेको योग अभ्यास कार्यक्रम कोराना भाइरसको महामारी प्रकोप बाट विश्वजगतलाई नै परेको असर कारण विगत केही साता यता अनलाईनमा गरिदै आएको छ।
योग अभ्यास कार्यक्रम अनलाइन बाट सञ्चालन भएदेखि योग अभ्यास कार्यक्रममा सहभागीहरुको संख्यामा बृद्धि भएको कार्यक्रमका सहभागीहरु बताउदछन ।
पहिले सामुदायिक हलमा सञ्चालन हुदाँ प्रति कार्यक्रममा १० देखि १२ जनाको उपस्थिति हुने गरेकोमा अहिले अनलाईनमा सञ्चालन भएदेखि २ दर्जन वा सो भन्दा बढीको संख्यामा उपस्थिति रहेको योग प्रशिक्षक महेश दाहाल बताउनुहुन्छ । दाहाल थप्नुहुन्छ पहिले विस्रवेन बाट मात्र सहभागी हुने गर्दथ्यो तर अहिले सिड्नी, क्यानवेरा, मेलवर्न लगायत अमेरिका बाट पनि योग कार्यक्रममा सहभागिता हुन्छ ।
शनिवार र आइतबार विहान ६ः ३० बजे देखि ८ः३० बजे सम्म सञ्चालन हुदैँ आइरहेको योग अभ्यास कार्यक्रममा सहभागी हुन चाहाने इच्छुक व्यक्तिहरुले महेश दाहाल लगायत अन्य सहभागीहरुलाई सम्र्पक गर्न सकिने एन ए क्यू योगा गुप्रले जनाएको छ ।
अनलाईन प्रणालीमा गएदेखि योग अभ्यासमा सहभागी हुन चाहानेहरुले संसारको जुनसुकै ठाँउबाट पनि कार्यक्रमको निर्धारित समयावधि भित्रमा सहभागी हुन सक्दछन ।
यसअघि एन ए क्यू योगा गुप्रले नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डको सहकार्यमा विस्रवेनका विभिन्न सामुदायिक हलहरुमा पालै पालो योग शिविर गर्दे आइरहेको थियो ।
![[Tags] BCC9FC37-B567-45B8-825B-35A2240B4597-1024x675 योग अनलाईन अभ्यास कार्यक्रम प्रभावकारी बन्दै](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/04/BCC9FC37-B567-45B8-825B-35A2240B4597.jpeg?resize=640%2C422&ssl=1)