बिनायक अधिकारी; क्यानबेरा
नेपालीहरु अष्ट्रेलिया संगै क्यानबेरामा पनि भित्रिने क्रम बढ्दो रहेको छ । स्थायी बसोबास अनुमतीका लागी क्यानबेरा राज्यले केहि सहज गरिदिएपछि नेपालीहरु ओइरिने क्रममा छन् । नेपालीहरुको जनघनत्व बढे संगै अतिरिक्त कार्यक्रमहरु पनि बढ्दो छ । यस्तो अतिरिक्त कार्य हुने र संस्था जन्मिने क्रममा केहि ससक्त यूवाहरु सम्मिलित अर्को फुटबल क्लवको जन्म भएको छ । हिमालयन यूनाइटेड फुटवल क्लव नाम रहेको क्लवले गत अक्टोबर ११ आइतवार का दिन यारालुम्ला पार्कमा जर्सि हस्तान्तरण तथा बारबिक्यू सम्पन्न गरेको छ ।
प्रमुख अतिथिका रुपमा एमपि डेबिड स्मिथ, नेपाली दुताबास क्यानबेराका द्वितीय सचिव निर्मल प्रसाद भट्टराइ रहेको कार्यक्रमको प्लाटिनम स्पोन्सरको रुपमा हिमालयन बिजनेस ग्रुप रहेको छ भने सहयोगी संस्थाहरुमा एजे कम्पिलिट सलुसन, जेपी इन्टरनेसनल कलेज, छोमोलुंगा नेपाली कजीन रहेको छन् ।
क्लवले जर्सि हस्तान्तरण संगै नयॉं कार्य समिति पनि चयन गरेको छ । जसअन्तर्गत
अध्यक्ष : सुमन अधिकारी
सचिव : बिकल गुरुगं
ब्यवस्थापक : बिजय लामा
कप्तान : बिजय अधिकारी
सदस्यहरु : बिजय महतो
दिपक धमासे
बिनोद लामा
देव गुरुगं
अच्युत कार्की
कार्यक्रम क्लवका अध्यक्ष सुमन अधिकारीले स्पोन्सर हिमालयन बिजनेस ग्रुप सहित एनआरएनए एसिटि, रोयल नेपलिज फुटवल क्लव, बुद्ध नेपलिज क्रिकेट क्लव, क्यानबेरा नेपलीज क्रिकेट क्लव, क्यानबेरा नेपलीज फुटवल क्लव, नेपाल एम्बेसी र एएनएफएसलाइ धन्यवाद दिनुभएको छ ।