प्रिति कौर
परदेशमै रोइ बसे मायालाइ सम्झिएर
उनकै चिनो रेशमी रुमाल हातमा लिएर
परदेशमै रोइ बसे मायालाइ सम्झिएर
झझल्कोमा आइदिन्छिन बिरह गाइदिन्छिन
टलपल आसुबनी आँखा बाट रसाइदिन्छिन
कयौं रात जागै बिते सम्झनमा छल्किएर
उनकै चिनो रेशमी रुमाल हातमा लिएर
पखेटा छैनन् उडेर जाउ म कसरी
सपनाको बाटो उनलाइ बोलाउ कसरी
बित्ने भो आधा जोबन कल्पनामा कल्पिएर
उनकै चिनो रेशमी रुमाल हातमा लिएर ।
Total Page Visits: - Today Page Visits: