अस्ट्रेलिया को राजधानी क्यानबेरामा नया नेपाली क्रिकेट क्लब बुद्ध नेपलिज क्रिकेट क्लब दर्ता भएको छ। क्रिकेट को मौसम गरम हुदै गर्दा यो क्लब को घोषणा एउटा नया अध्याय भएको र नेपालि समाजको बढ्दो आकर्षण ले यो बाध्यता पनि भएको अध्यक्ष प्रेम चौधरी ले बताउनुभयो । कम बोल्न रुचाउने चौधरी संग राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलको नेतृत्व क्षमता असाध्यै कुसल रहेको बेहोरा क्लब का ब्यवस्थापक कृष्ण सुबेदीले बताउनु भयो । यस क्लबले आफ्नो घोषणा सभामा सामाजिक ब्यक्तित्व तथा नेपाल सरकार का प्रतिनिधि हरुलाई संगसंगै ब्यवसायीक ब्यक्ति हरुलाई आमन्त्रित गरेको थियो।
अथितिहरुलाई पुष्प गुच्छा हस्तान्तरण गर्दै सुरु गरिएको कार्यक्रममा स्वागत मन्तब्यबाट सबैलाइ स्वागत गरिएको थियो । अतिथिका रुपमा डा कृष्ण हमालले यो क्लबलाई आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताउदै आफुलाई क्लब को सल्लाहाकारमा नियुक्ति गरेकोमा सम्पूर्ण टिम लाइ धन्न्यबाद ब्यक्त गर्नुभयको थियो। एनआरएनए एसिटिका संयोजक चुडामणि सापकोटाले आफुले सधै सहयोग गर्न तयार रहेको प्रतिबध्दता जाहेर गर्नुभएको थियो। अष्ट्रोलियाका लागी नेपाली राजदुत महेस दाहाल ले आत्मबल, जोस र परिश्रमले नै लक्ष प्राप्त गर्न सकिने कुरामा जोड दिनु भयो। खेल र खेलाडीले नै हाम्रो परिचय र अस्तित्वो लाइ मजबुत बनाउदै लैजाने हुनाले आफुले उर्जावान नौजवान हरुलाई सधै साथ् र हौसला प्रधान संगै सहयोग गर्ने बताउनुभएको थियो ।
खेलाडी तथा प्रायोजक हरुलाई जर्सी तथा टोपी वितरण गरेपछि कार्यक्रम को अन्त मा अध्यक्ष चौधरीले समाज सोच्छ बनाउन पनि खेलकुदको बिकास र सबैको पहुचमा पुराउन जरुरि रहेको कुरामा जोडदिनुभयो । आफु राष्ट्र र राष्ट्रिय क्रिकेट भन्दा भौतिक रुपमा टाढा भयपनी भाबनाले अझैपनि एकाघर महसुस हुने गरेको कुरा बताउनुभयो । चौधरीले हरेक वर्ष नया क्लब खुल्नुपर्छ र सबैले एकपटक एउटा उचाही मा पुग्ने उद्धेश्य राख्नु पर्छ भन्दै बिकास को नियम बिपरित कुण्ठा हरु वितरण गर्दैमा उदयको बेग लाइ चिल ले कतिनैबेर छेकिराख्न सक्छर भन्दै आफुले बिकासको नियम मानेर नया क्लब स्थापना मा जोड दिएको बताउदै कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।
क्लवलाइ मुख्य प्रायोजन एभरेष्ट एजुकेशन भिजा सर्भिसेज, गोल्ड स्पोन्सर आरके होम लेन्स, सिल्भर एस एण्ड एस एकाउन्टिगं, ब्रोन्ज छोमोलुगॉं नेपाली कजीन र जनरल स्पोन्सर सन्नि होम्स रहेका छन् । कार्यक्रममा स्पोन्सरहरुले आफूहरुले क्लवलाइ सहयोग गर्न पाएकोमा खुसी भएको बताए ।
![[Tags] 54108D76-0BD4-4A45-AC02-B3F4B114DA02-1024x484 बुद्ध नेपलिज क्रिकेट क्लब को आधिकारिक घोषणा । खेलाडीलाइ जर्सी बितरण ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2020/10/54108D76-0BD4-4A45-AC02-B3F4B114DA02.jpeg?resize=640%2C303&ssl=1)