बिनोद बाबू अधिकारी
दिन दिनै अदालतमा यस्तो केष लिएर आउछ!
कठ्ठै भ्रष्टचारीले थला परेको देश लिएर आउँछ!!
म दुखेको मलाई कुनै प्रवाह छदै छैन मोहदय,
दुख्छ छात्ती बिचरा खोक्रो अवशेष लिएर आउँछ !!
भ्रष्टचारीको चंगोल छिच्चोलेर प्रदेश लागेको ऊ,
देश बनाउछु भन्दै उहीँ परिभेष लिएर आउँछ !!
जता हेर्यो दलदल भाषिने अनि भषाउने प्रवृति छ,
उम्लन्छ रगत तात्छ एकछिन आवेश लिएर आउँछ!!
चार जात छत्तिस वर्णको सुन्दर फुलवारी मेरो देश,
हेर्नुस त कोही पाहाड लिएर आउँछ कोही मदेश लिएर आउँछ!!
रुपा -४ कास्की पोल्याङ्ग
हाल दोहा कतार
Total Page Visits: - Today Page Visits: