बिनायक अधिकारी
रक्तदान भनेको कसैको जीवन बॉंच्न सहयोग गर्नु हो । सहयोगी र पुण्य कार्य जो सुकैले जहॉंबाट र जहिलेपनि गर्न सकिन्छ । नेपालबाट अष्ट्रेलियाको राजधानि क्यानबेरामा रहेका नेपालीहरुले पनि एनआरएनए एसिटिको संयोजनमा रक्तदान गर्ने भएको छन् । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ यहि ऑंउदो २० र २१ फेब्रुवरिका दिन रेडक्रस भवन ग्यारनमा हुने रक्तदान कार्यक्रममा धेरै नेपालीहरु सहभागी हुने आशा संयोजक चन्द्र तिवारीले गर्नुभएको छ । यो पुण्य कार्य हो त्यसैले कसैले पनि अन्य कुराहरु नसोचिकन रक्तदानमा सहभागी हुनुहुनेछ भन्ने आशा गरेका छौं तिबारीले भन्नुभयो ।
एनआरएनए एसिटिका संयोजक चुडामणी सापकोटाले पनि सबै क्यानबेरा क्विनबियन बासी समस्त नेपालीहरुलाइ रक्तदानमा सहभागी भइ उदार मन भएका नेपालीहरुको उदाहरण पेश गर्न पनि आग्रह गर्नुभएको छ । रक्तदानका लागी चुडामणी सापकोटा, चन्द्र तिवारी, काशी भुषाल वा अन्य एनआरएनए एसिटिका कार्यसमिति सदस्यलाइ सम्पर्कका लागी अनुरोध गरिएको छ ।
रक्तदान कार्यक्रम:
स्थान : रेडक्रस भवन ग्यारन
मिति : २० र २१ फेव्रुवरी २०२१
समय : बिहान ९ देखि ४ बजे सम्म ।
![[Tags] yH5BAEKAAEALAAAAAABAAEAAAICTAEAOw== क्यानबेरामा रक्तदान हुदै : पुण्यकार्यमा सहभागी बन्न आग्रह ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2021/02/1DBF8600-D71B-4428-9CE7-E9EF03BF80C2.jpeg?fit=640%2C905&ssl=1)