पछिल्लो समयमा यूवा पुस्ता बिदेशिए संगै आफुसंग भएको सिप पनि बिदेशिएको छ । खेलकुद पनि एउटा सिप हो जुन जो कोहिले सजिलै सिक्न गाह्रो पर्छ । यसका लागी मान्छेमा धैर्यता र इमान्दारिता भने पक्कै चाहिन्छ । यसैगरि बिदेशिने यूवाहरु मध्यमा अष्ट्रेलियाको क्यानबेरामा नेपाली यूवाहरु पनि खेलकुदको बिकासमा लागीपरेका छन् ।
फुटवलको बिकासकै क्रममा क्यानबेरामा नेपाल यूनाइटेड फुटवल क्लव यूवाहरु जुटाएर फुटवल खेल्न लागीपरेको छ ।
क्लबका प्रबन्धक सुमन अधिकारीका अनुसार क्लवको भावी योजनामा अन्तरराज्यबाट धेरै भन्दा धेरै क्लबहरू बोलाएर मैत्रिपूर्ण म्याच खेल्ने रहेको छ । हामी क्यानबेराका सबै खेलाडीहरूलाई हामीलाई समर्थन गर्न अनुरोध गर्न चाहन्छौं किनकि यो क्यानबेरामा पहिलो पटक भइरहेको छ। हामी क्यापिटलको फुटबललाई अर्को स्तरमा लैजान चाहन्छौं किनकि क्यानबेराको क्लब सिड्नी र मेलबर्नका क्लबहरू भन्दा बलियो छैन।
अधिकारीले मेरो कपुरी क संग बोल्दै नेपाल युनाइटेडले क्लवलाइ अष्ट्रेलिया भरिनै एक उत्कृष्ट फुटबल क्लबको रूपमा चिनाउन चाहन्छौं त्यसै अनुरुप हामी यसमा काम गरिरहेका छौं र हामी यसलाई एक दिन प्राप्त गर्नेछौं।
क्लवले पछिल्लो हप्ता FEWA FC सिड्नी विरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो जसको नतिजा २-२ भएर बराबरिमा टुंगिएको थियो । त्यस्तै यस हप्ता सगरमाथ एफसी (जीएनसी लिग च्याम्पियन्स सिड्नी) विरुद्ध मैत्रीपूर्ण खेल भएको थियो जस्तो नतिजा ०-१ रहेको थियो ।