सरु शर्मा; अमेरिका

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिकाको विस्कन्सन च्याप्टरको आयोजनामा ईम्लोईमेन्ट ट्याक्स सम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ ।
एनआरएनए एनसिसि युएसएको सहभागिता विभिन्न १७ च्याप्टरहरु र स्थानिय संघसंस्थाहरको समन्वयन भएको उक्त जानकारी मुलक कार्यक्रम भर्चुवल रुपमा गरिएको थियो । उक्त कार्यक्रममा एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष बुद्दि सुवेदी , उपाध्यक्ष गोपेन्द्र भट्टराइ लगायत अन्य पदाधिकारीका साथै समन्वय गरेका राज्यका च्याप्टर अध्यक्ष तथा पदाधिकारी र एनआरएनए अभियान्ताहरुको बाक्लो सहभागिता रहेको थियो।
विस्कन्सन च्याप्टरका कोषाध्यक्ष पुर्ण श्रेष्ठको मुख्य प्रस्तुति रहेको उक्त कार्यक्रममा उहाले ईम्प्लोईमेन्ट ट्याक्सको बारेमा बिस्तृत जानकारी दिनुभएको थियो । उहाले ईम्पलोईमेन्ट ट्याक्स भनेको के हो ? कति शिर्षकमा ट्याक्स फाईल गरिन्छ ? , यस्को महत्व के छ ? अमेरिकाना यस्ले कस्तो फाईदा पुर्याउछ । कुन कुन र कस्तो अवस्थामा यस्को उपभोग गर्न सकिन्छ र क कस्ले कस्तो किसिमबाट फाईल गर्नु पर्छ भन्ने बारे जानकारीदिनु भएको थियो ।
उहाको जानकारी मुलक प्रस्तुति पस्चात फ्लोर लाई खुला गरी छलफलको कार्यक्रम गरीएको थियो भने उक्त छलफलमा सहभागीहरुले आफ्ना प्रश्न राख्दै जानकारी लिनु भएको थियो ।
विस्कन्सन च्याप्टरका अध्यक्ष दिपक थापाको सन्चालन तथा ओरिगन च्याप्टरका अध्यक्ष लक्ष्मण दर्लामिले सहजिकरण र एनसिसिका सचिव अनुप खनालले भर्चुअल कार्यक्रम गर्न सहयोग गर्नु भएको उक्त कार्यक्रममा बोल्दै एनआरएनए एनसिसि युएसए का अध्यक्ष सुबेदिले उक्त कार्यक्रमको सराहना गर्नु भएको थियो । उहाले स्थानिय संघसंस्था अनि च्याप्टरहरुको सहभागीतामा यसरी भएको कार्यक्रमले समाजमा राम्रो प्रभाव पार्ने भएकोले यसरीनै सधै अघि बढ्न सुधाव दिनु भएको थियो । यस्तै एनसिसि युएसएका उपाध्यक्ष भट्राईले यस्ता समय सापेक्ष कार्यक्रम सबै जसो समयमा मिलाएर गर्न सके एनआरएनए ले धेरै कामहरु सजिलै गर्न सक्ने बताउनु भयो । यस्तै उपस्थित सबैले पनि आआफ्नो धारणा राख्नु भएको थियो ।

Total Page Visits: - Today Page Visits:
Shares