रोयल नेप्लिज क्यानवेरा एफ.सि द्वारा आयोजित दोस्रो संस्करणको हिमालय फेस्टिभ कप क्यानवेराको कल्व साउथ क्यानवेरा नेप्लिज युनाईटेट एफ.सि ले ऊचाल्न सफल भएको छ । त्यस्तै दोस्रो स्थानको ऊपाधि क्यानवेराकै कल्व नेपाल युनाईटेट एफ.सि ले ऊचाल्न सफल भयो । बिजेता टिमले $२००० र ऊपबिजेता टिमले $१००० पुरस्कार स्वरूप पाएका छन् । यसरि नै उत्कृष्ट खेलाडि क्विनबियन नेपलिज युनाईटेट ए.सि बाट शुसान्त श्रेष्ठ र धेरै गोल गर्ने खेलाडिमा थ्रि स्टार एफ.सि अल्वरिबाट रमेश बस्नेत र गोल किपर बिजेता टिमबाट सुनिल थापाले पाऊन सफल रहनुभएको छ ।

41327824-2999-4EB3-B60C-19890DC4BE42 दोस्रो संस्करणको रोयल फेस्टिभ कपको ऊपाधि साउथ क्यानवेराले चुम्यो ।

उपाधी जीतेपछि साउथ क्यानबेरा फुटवल क्लवका संस्थापक तथा खेलाडी अर्जुन केसीले उपाधि चुम्न सकेकोमा आफु एकदमै खुसी रहेको र यो सबै टिम वर्कले गर्दा सफल रहेको भन्दै सबै खेलाडीहरुलाइ बिशेष धन्यवाद ब्यक्त गर्नुभएको छ । जीतले आफनो मनोबल बढेको र भबिष्यमा पनि यसलाइ कायम गर्न आफु लागीरहने बताउनुभएको छ ।

41327824-2999-4EB3-B60C-19890DC4BE42 दोस्रो संस्करणको रोयल फेस्टिभ कपको ऊपाधि साउथ क्यानवेराले चुम्यो ।

कार्यक्रमकमा प्रमुख अथितिका रुपमा अस्ट्रेलियाका का.बा राजदुत कुल बहादुर मगर सहित अन्य कर्मचारीहरु, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष अशोक बस्नेत, पूर्व उपाध्यक्ष चुडामणी सापकोटा, राजन ढुंगेल, एएनएफएसका पूर्व अध्यक्ष जीवन राना सहित नेपाली समुदायका अगुवाहरु, क्लवका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । कल्वको मुख्य प्रायोजक रहेको हिमालय बिज़नेस ग्रुपका प्रमुख प्रबिन भन्डारी, अजी फाइनान्स एण्ड होम लोन तर्फबाट राजकुमार केसी र गोपाल वलीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपाध्यक्ष दिनेश खड्का ( जेनिथ) साथै कल्बका कार्यवाहक समितिका सद्स्यहरुको ऊपस्थिति रहेको थियो । 

41327824-2999-4EB3-B60C-19890DC4BE42 दोस्रो संस्करणको रोयल फेस्टिभ कपको ऊपाधि साउथ क्यानवेराले चुम्यो ।

सहयोगी संस्थाहरुमा गोल्डन स्पुन इभेन्ट्स सेन्टर, भारत इन्टरनेशनल, कोकोन एजुकेशन, नर्स एड, ग्रेस इन्टरनेशनल, क्यापिटल ड्राइभिगं, लुम्बिनि ग्रोसरि, एजे कम्प्लिट सोलुसन, काठमाडौं अटोमोबाइल्स, गुडवे एजुकेशन, जेमीसन टेकवे र ओसेक एजुकेशन सहयोग र मायाले नै कार्यक्रम सफल भएको कुरा कल्वका अध्यक्ष शुसिल पोख्रेलले जानकारि दिनु भयो ।

41327824-2999-4EB3-B60C-19890DC4BE42 दोस्रो संस्करणको रोयल फेस्टिभ कपको ऊपाधि साउथ क्यानवेराले चुम्यो ।

गत बर्ष भन्दा यो बर्ष धेरै टिम समाबेस भएको र खेल सौहार्दपूर्ण रुपमा सम्पन्न भएको छ । क्लवले यसै बर्षको अन्त्य सम्म ३ महिनासम्म चल्ने गरि क्यानबेरा मै पहिलो पटक रोयल रिजनल लिग गराउन लागिएको र बृस्तित बिवरण छिट्टै क्लवले सार्वजनिक गर्ने कुरा अध्यक्ष शुसिल पोख्रेल र उपाध्यक्ष दिनेश खड्काबाट जानकारि प्राप्त भएको छ ।

Total Page Visits: - Today Page Visits:
Shares