नयॉं बर्षको अवसर पारेर गरिएको लाइभ म्यूजिक संगै डिजे कार्यक्रमले क्यानबेराका यूवा पुस्तालाइ मज्जाले नचायो । १५ अप्रिल शुक्रबारका दिन भएको कार्यक्रममा बिशेषगरि यूवा पुस्ताको चहलपहल बेग्लै थियो । हिजोआज क्यानबेरामा स्थायी अनुमति पत्र लिन केहि सजिलो गरिदिएपछि क्यानबेरा धेरैको गन्तब्य बनेको छ । यसैले पनि धेरै यूवापुस्तालाइ मनोरन्जन दिन जरुरि छ । कोभिडले रोकिएका कार्यक्रमहरु सुचारु हुन थालेपछि सबैलाइ केहि समयका लागी भएपनि पिर बिसाउने चौतारी भएका छन् ।

F3BE019C-C55D-45AC-91DC-3D9089BE3B06-1024x467 नयॉं बर्षमा नाच्यो क्यानबेरा ।

५०० भन्दा बढि नेपालीहरुको उपस्थिति रहेको कार्यक्रममा र्यापर रबिन सरकार र डिजे वाइजीले यूवा युवतीलाइ मन पराएका गीत संगीत पस्किएर भब्य मनोरन्जन गराए भने डिजे नटकेशको तालमा थकाइ लाग्नेगरि दर्शक नाचेका थिए । आयाम ब्याण्ड, एम्बिटस र फ्रि म्यान्स ब्याण्डको प्रत्यक्ष संगीतमा दर्शक मज्जाले नाचेका देखिन्थ्यो । दुइ नव वाल कलाकार आरभ भण्डारी र अनेक्स राजकर्निकारले ड्रम बजाउदा दर्शक चकित देखिन्थे । त्यस्तै अश्मिता अधिकारी र दिब्या तिवारीको नृत्य प्रस्तुतिले हललाइ थप रोमान्चकिय बनाएको कुरा आयोजक प्रमेश बिक्रम ठकुरीले मेरो कपुरी कलाइ बताउनुभएको छ ।

F3BE019C-C55D-45AC-91DC-3D9089BE3B06-1024x467 नयॉं बर्षमा नाच्यो क्यानबेरा ।

क्यानबेराका लोक गाएक बिक्रम शर्मा र साथिहरुको दोहोरी सुनिरहु जस्तो थियो भने रन्जु थापा, सुजन अधिकारी, अमीन लिम्बु र नवीन केसीले गीत प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम आयोजकका रुपमा आयाम ब्यान्डका प्रदिप घिमिरे, सविन थापा, भिक्की श्रेष्ठ, राजीव खवास र प्रदेश बिक्रम ठकुरी रहनुभएको थियो भने सल्लाहकारमा चित्र घिमिरे र बिशेष बरालको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन यसुना नकर्मीले गर्नुभएको थियो । कार्यक्रम १५ अप्रिल २०२२ का दिन वेष्टर्न क्रिक नेवरहुड हलमा बेलुका ५ बजेबाट भएको थियो ।

F3BE019C-C55D-45AC-91DC-3D9089BE3B06-1024x467 नयॉं बर्षमा नाच्यो क्यानबेरा ।
F3BE019C-C55D-45AC-91DC-3D9089BE3B06-1024x467 नयॉं बर्षमा नाच्यो क्यानबेरा ।
F3BE019C-C55D-45AC-91DC-3D9089BE3B06-1024x467 नयॉं बर्षमा नाच्यो क्यानबेरा ।

Total Page Visits: - Today Page Visits:
Shares