नेपालको पुरानो तथा चर्चित ब्याण्ड रबिन एण्ड र न्यू रिभुलोसनले क्यानबेरा तताउने भएको छ । क्यानबेरामा पहिलेपटक आउने हुनाले र दर्शकहरुलाइ मन पर्ने ब्याण्ड भएको हुनाले पनि हामी उत्साहित छौं आयोजक कर्मा लामाले ‘मेरो कपुरी क’ लाइ बताउनु भएको छ । ब्याण्डका मेन भोकलिष्ट रबिन तामाङ रियालिटी शो ‘ब्याण्ड च्याम्पियन नेपाल’का जजमध्ये एक हुनुहुन्छ। विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका रबिन तामाङको केटा–केटी, दम मरो दम, चिसोचिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, भेटे मैले शिवजी, जति माया लाएपानी लगायतका गीतहरु चर्चित छन् । 

कार्यक्रम जुन १२ आइतबारका दिन दि बेसमेन्ट क्यानबेरामा सॉंझ ६ बजेदेखि मध्यरात सम्म हुनेछ । कार्यक्रमलाइ दि फन्नि मसरुम, एसिटि माइग्रेसन सर्भिस, मिड सिटि कलेज र यात्री हाउस अफ इभेन्ट्सले प्रस्तुत गरेका छन् भने प्रायोजकहरुमा एसएण्डएस एकाउन्टिंग एण्ड बिजनेस सर्भिस, बिरालो, एजे कम्प्लिट सलुसन, जेमिसन टेकवे रहेका छन् । क्यानबेरा तथा क्विनबियनका सबैलाइ कार्यक्रममा उपस्थित रहेर भब्य तथा सभ्य बनाइदिनुहुन आयोजकका तर्फबाट कर्मा लामाको अनुरोध रहेको छ र क्यानबेरामा पहिलो चोटि रबिन एण्ड दि न्यू रिभोलुसन ब्याण्डलाइ स्वागत गर्न सबैजना आत्तुर रहेको बताउनु भएको छ । सबैजनालाइ आफनो टिकट लिएर सिट सुरक्षित गर्नुहुन आयोजकले अनुरोध गरेको छ।

C1C7EF95-1D0F-45F6-85ED-3431247B0777-724x1024 क्यानबेरा ततॉंउदै रबिन एण्ड द न्यू रेभुलोसन ।

Total Page Visits: - Today Page Visits:
Shares