एनआरएनए एसिटिले यूवा पुस्तालाइ बिशेष लक्षित गर्दै राइटिंग स्किल नामक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा सेलेक्सन क्राइटेरिया र रेजुमे कसरि लेख्ने? कसरि लेख्दा जागीर पाउन सजिलो हुन्छ र जागीरमा प्रवेश गर्न यसको कस्तो महत्व हुनेछ भन्ने बिषयमा ज्ञान प्रदान गर्ने छ । यसका लागी बिशेष अनुभव रहेका निक हुर्ले सहित थप अनुभवि नेपाली ब्यक्तित्वहरु हुनु हुनेछ ।
आयोजक संस्थाका संयोजक अशोक बस्नेतका अनुसार बिशेषत नयॉं साथिहरुलाइ सहयोग गर्नका लागी स्थानिय ब्यक्तिहरु जो यस्तै कार्यहरुमा संलग्न हुनुहुन्छ उहॉंहरुले पनि नयॉं अनुहारहरुलाइ आफना अनुभवहरु बाड्नु हुनेछ जसले गर्दा भोलिका दिनमा थप सम्पर्कमा रहेर अन्य अत्यावस्यक कामहरु गर्न सजिलो हुने आशा गरेको बस्नेतले बताउनु भएको छ । बस्नेतले कार्यक्रममा उपस्थित हुन इच्छुक सबैले आफनो नाम दर्ता गरिदिनुभएमा कार्यक्रम गर्न सजिलो हुने कुरा ब्यक्त गर्नुभएको छ । संस्थाले आयोजक सबैलाइ लन्चको ब्यवस्था गरेको छ । आवस्यक डकुमेन्ट प्रदान गर्न सजिलो होस भन्ने हेतु र भोलिका दिनमा थप सम्पर्कमा रहन सजिलोको लागी पनि सबैजनाले आफनो नाम दर्ताका लागी संयोजक बस्नेतले अनुरोध गर्नुभएको छ । यस्ता कार्यलाइ भोलिका दिनमा थप सहयोग गर्न एउटा समूह बनाउने र जसले यस्ता समस्याहरुको समाधान गर्न सहज हुने र कार्यक्रम राम्रो रहेमा फेरि पनि छिट्टै यस्ता कार्यक्रमहरु आयोजना गर्ने योजना रहेको बस्नेतले बताउनुभएको छ ।
कार्यक्रम १६ जुलाइ २०२२ सनिबारका दिन बिहान ११ बजेदेखि ड्यानम्यान प्रोस्पेक्टमा हुनेछ । उपस्थित हुन इच्छुक सबै ब्यक्तिहरुले १४ जुलाइ भित्र आफनो नाम दर्ता गराइसक्नु पर्नेछ । यसका लागी थप आवस्यकिय सल्लाहका लागी संयोजक अशोक बस्नेत, बिनोद उप्रेती र सुमन देवकोटालाइ सम्पर्क गर्न आयोजक संस्थाले अनुरोध गरेको छ । अन्य जानकारीका लागी तल उल्लेखित पोष्टरमा हेर्न सक्नुहुनेछ ।
![[Tags] BF3D9753-4407-471E-8A9D-9837C37A6CDF एनआरएनए एसिटिले राइटिगं स्किल कार्यक्रम आयोजना गर्ने ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/06/BF3D9753-4407-471E-8A9D-9837C37A6CDF.jpeg?resize=640%2C909&ssl=1)