जहॉं नेपाली त्यहॉं नेपाल अनि त्यहि नेपालभरि नेपालकै कला, स्वाद र संस्कृति । अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली खानाको स्वाद चिनाउन दि चिम्नी नेपाली रेष्टुरेन्ट खुलेको छ । आधिकारीक ओपनिगं नगरिकनै सामान्य रुपमा खुलेपनि ग्राहकहरुको भव्य उपस्थितिले माहौल तामझाम बनाइदिएको संचालक शिव न्यौपानेको भनाइ थियो । पहिलो दिनमै ३०० भन्दा बढि ग्राहकहरु आएर खाजा तथा खानाको स्वाद लिनुभएको छ र धेरैजनाले रिभ्यू पनि दिनुभएको छ । हामी ग्राहकहरुको सकारात्मक उर्जाले हामी अत्यन्तै खुसी भएका छौं ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 नेपाली स्वादको रेष्टुरेन्ट : दि चिम्नी
https://successedu.com.au/


हाम्रो सोच ओपनिगंको मिति तय गरेर सबैलाइ निम्तो गरेर खोल्ने थियो तर बिभिन्न कारणले गर्दा छिट्टै खोल्यौ । हामी छिट्टै आधिकारिक रुपमा ओपनिगं गर्नेछौ अर्का संचालक कुमार पाण्डेको भनाइ थियो । हामी सकेसम्म नेपाली स्वाद कस्तो हुन्छ भनेर नेपाली मात्रै नभइ अष्ट्रेलियन र अन्य देशका नागरिक सामु पुर्याउने योजनामा छौं । हाल ब्रेकफास्ट सहित नेपाली खाजा, मःम, चाउमीन छोइला सेट सहित नेपाली थाली सेटमा लन्च र डिनर प्रदान गरिरहेको छ । चिम्नीमा कफि देखि ट्याप बियर र नेपाली बियर तथा ह्विस्कि पनि पाइन्छ ।

चिम्निको पहिलो सवल पक्ष भनेको अनुभवि सेफले बनाएको स्वादिष्ट नेपाली खाना हो र अर्को सवल पक्ष भनेको ठॉंउ हो । गंगालीन लेकको छेउमा रमणीय पार्क संगै रेष्टुरेन्ट रहेको हुनाले पनि बच्चाहरु पार्कमा रमाउने र बावुआमालाइ रेष्टुरेन्टको मिठो खानामा रमाउने मिठो बहाना बन्न सक्नेछ । पाण्डेले सबै ग्राहकहरुलाइ खानाको बारेमा प्रतिकृया दिएर सहयोग गरिदिनुहुन अनुरोध गर्नुभएको छ । जसले गर्दा भोलिका दिनमा आफना कमी कमजोरी सच्चाएर अझै स्वादिलो खाजा तथा खाना खुवाउने आफनो उद्धेश्य पुरा हुने बताउनुभएको छ ।

हामी बिदेशमा छौं नेपाली स्वादको रेष्टुरेन्ट छैनन् र स्वादिलो खाना पाइएन भन्नेहरुका लागी क्यानबेराको गंगालीनमा रहेको दि चिम्नि नेपाली रेष्टुरेन्ट आउनुभयो भने तपॉंइहरुको स्वादको रहर पक्कै पुरा हुनेछ ।

The CHIIMNEY Nepalese Restaurant
92 Phyllis Ashton circuit gungahlin

Total Page Visits: - Today Page Visits:
Shares