अष्ट्रेलियामा रहेर प्रजातन्त्रमा आस्था राख्ने नेपालीहरुको संस्था नेपलिज अष्ट्रेलियन डेमोक्रेटिक फोरम (एनएडिएफ)को अधिवेशनले अध्यक्षमा भिष्म भण्डारीलाइ चिनेको छ ।
साथै भण्डारीको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ कार्य समिति पनि चयन गरेको छ ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 एनएडिएफको बार्हौं साधारण सभा सम्पन्न : अध्यक्षमा भिष्म भण्डारी ।
https://successedu.com.au/

अधिवेसनले कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा  छबी सापकोटा,  महासचिवमा  प्रकाश हुमागाई, सचिवमा  हरिकृष्ण अधिकारी कोषाध्यक्ष बिकास सापकोटा, प्रबक्तामा हरि भक्त अधिकारी, पब्लिक अफिसरमा प्रकाश खरेललाइ चयन गरेको छ । यस्तै संस्थाका कार्यकारी सदस्यहरुमा मधुकर गुरुङ्ग, सागर काफ्ले, प्रेम बहादुर महरा, बिकाश कुमार झा, चोला कान्त कोइराला, गणेश खरेल ( एसीटि), प्रकाश अर्याल ( भिक्टोरिया ) प्रवेश पौडेल, जीबन शर्मा, पुरुषोत्तम अधिकारी, लोकेन बिष्ट र द्वारिका दवाडी रहनुभएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका तर्फबाट महेन्द्र लम्सालले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।

नेपाली कांग्रेस केन्द्रिय उप सभापति धनराज गुरूंग, सह महामन्त्री बद्री पाण्डे, बरिष्ठ नेता चन्द्र भण्डारी, केन्द्रिय सदस्य कल्याण गुरुङ्ग, प्रदेश १ का सभापति उद्धब थापा, बरिष्ठ पत्रकार कबिर राणा, युवा नेताहरू निर्मल रिजाल एनएडिएफको अधिवेशनका लागि अष्ट्रेलिया आईपुग्नुभएको थियो । उहॉंहरु सबैले निर्वाचित कार्यसमितिलाइ शुभकामना प्रदान गर्दै भोलिका दिनमा अझै मजबुत भएर जाने बिश्वास ब्यक्त गर्नुभएको छ । अधिबेसन सिड्नीको रक्डेल स्थित इन्द्रेणी फंक्सन सेन्टरमा सम्पन्न भएको थियो ।

Total Page Visits: - Today Page Visits:
Shares