श्री पशुपति नाथको मन्दिर निर्माणार्थ संचालन भइरहेको श्रीमद्भागवत गीता महापुराणमा हिजोबाट समाप्त भएको छ । सातौं दिन सकिदा सम्मको जम्मा रकम ८ लाख अष्ट्रेलियन डलर भन्दा बढि उठेको छ । यो रकम हुनुमा मुख्य दाताहरु हुनुहुन्छ र यहॉं अहिलेसम्मकै धेरै रकम दिने दाता क्यानबेरामा ब्यक्तिगत ब्यापार संचालन गर्दै आउनुभएका मनकारी राजेश पाठक र रजिष्टर्ड नर्सका रुपमा कार्यरत रीता पाठकबाट अष्ट्रेलियन डलर ६१ हजार १ सय ११ प्राप्त भएको छ । त्यस्तै दोस्रोमा एसबिए मोर्गेज संचालन गर्ने बिवेक लोहनी र कुमारी कष्मेटिक संचालन गर्दै आउनु भएकी सुमित्रा जोशीले ५५ हजार ५ सय ५५डलर प्रदान गर्नुभएको छ भने तेस्रो दाता सक्केस एजुकेशन एण्ड भिजा संचालन गरेर बस्नुभएका श्री आदर्शजंग पाण्डेले अष्ट्रेलियन डरल ५१ हजार १ सय १ दिनुभएको छ । त्यस्तै अन्य धेरै रक़म दिने १० जना दाताहरु निम्नानुसार हुनुहुन्छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेराको सप्ताहमा कति रकम उठ्यो ? को रह्यो धेरै दान गर्ने ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=224%2C59&ssl=1)
- राजेश पाठक/रीता पाठक $६११११
- बिवेक लोहनी/सुमीत्रा जोशी $५५५५५
- आदर्शजंग पाण्डे/सृजना बस्नेत $५११०१
- बिक्रम सुबेदि /जमुना कणेंल $३५५५५
- राजु अधिकारी/सुस्मा अधिकारी $२५५५५
- डा कृष्ण हमाल/उमा हमाल$२५००१
- प्रकाश लुइटेल/ तनुजा सुबेदी $१५५५५
- जीवन राना/ मीनु राना $१५५०५
- राम पाठक/ अदिता उप्रेती $१५५०५
- बिनोद राज घिमिरे/शर्मीला पौडेल $१५५०५
- कृष्ण सुबेदी/ संगीता पौडेल $१५५०५
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेराको सप्ताहमा कति रकम उठ्यो ? को रह्यो धेरै दान गर्ने ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/1EA2D2CA-06CE-4D51-AEFE-B392944BEF50.jpeg?resize=640%2C427&ssl=1)
सप्ताहलाइ बिभिन्न ब्यक्तिहरुले बिभिन्न किसिमले सहयोग गर्नुभएको थियो । जसमा मादलमा अर्जुन ज्ञवाली, ढोलक/बॉंसुरी सरोज महर्जन, तवला- किरण भण्डारी, हार्मोनियममा-बिदुर ढुंगेल, गायनमा साथ प्रबिन सापकोटा र बिक्रम शर्माको रहेको थियो भने साउण्डमा शरद राजकर्निकारले सहयोग गर्नुभएको थियो । र सबैलाइ हेर्न मनलाग्ने फोटो खिच्न निरोज श्रेष्ठले सहयोग गर्नुभएको हो । कर्त्ताका रुपमा बिष्णु अधिकारी र सूशील निरौला रहनुभएको थियो । त्यस्तै पंडितहरु प्रमोद आचार्य, बिष्णु भण्डारी र दीर्घनारायण पराजुली हुनुहुन्थ्यो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेराको सप्ताहमा कति रकम उठ्यो ? को रह्यो धेरै दान गर्ने ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/C68D60CE-5E2A-4304-A3A7-D47B85E73214.jpeg?resize=640%2C427&ssl=1)
कार्यक्रमको समापनमा बोल्दै अष्ट्रेलियाका लागी नेपाली राजदूत कैलाशराज पोखरेलले नेपाली समुदायको दिल मन यतै छ । धर्म कमाउनुभएको छ कर्म गर्नुभएको छ सबैलाइ हार्दिक धन्यवाद । पशुपतिनाथको मन्दिर बनोस यसमा सबैको मन्दिर बनोस सहयोग निरन्तर जारी रहोस । सहयोग धन र मन दिएर सहयोग गर्नुहुनअनुरोध गर्नुभएको छ ।
एनआरएनए एसिटिका संयोजक अशोक बस्नेतले महायज्ञमा खट्नुहुने सबैलाइ संस्थागत र ब्यक्तिगत रुपमा सबैलाइ धन्यवाद र भोलिका दिनमा पनि यस्तै सहयोग रहिरहने बिश्वास ब्यक्त गर्नुभएको थियो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेराको सप्ताहमा कति रकम उठ्यो ? को रह्यो धेरै दान गर्ने ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/9D3D5BFC-04BF-4800-80B4-B15714A7AD16.jpeg?resize=640%2C480&ssl=1)
एनआरएनए अष्ट्रेलियाका महासचिव राजु अधिकारीले बोल्दै सप्ताह सम्पन्न गर्न सहयोग गर्नुहुन सबैलाइ धन्यवाद ब्यक्त गर्नुभयो । उहॉंले अझै धेरै गर्नुपर्ने तर पनि आधार बनिसकेको छ हामी सबैले यसलाइ सफल बनाउने छौं । हामी नेपालीलाइ जव सहयोगका कुरा ऑंउछन् तव हामी यस्ता कुरामा यकबद्ध छौं भन्दै सनातन धर्मलाइ फैलाउन सहयोग गर्नुहुने सबैलाइ धन्यवाद दिनुभएको छ । अधिकारीले ब्यक्तिगत र संस्थागत तर्फवाट सक्दो सहयोग रहिरहने बिस्वा ब्यक्त गर्नुभएको थियो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेराको सप्ताहमा कति रकम उठ्यो ? को रह्यो धेरै दान गर्ने ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/92931BE4-051F-41F3-AA04-7A1B5A956945-scaled.jpeg?fit=640%2C480&ssl=1)
त्यस्तै नेपाली दुताबासका तृतिय सचिव यादव कोइरालाले आफनो स्वर्गीय बुवाको पनि क्यानबेरामा मन्दिर बनाउने सपना रहेको भन्दै मन्दिर बनोस भन्ने शुभकामना दिनुभएको थियो ।
यूवा पण्डित बालचन्द्र अधिकारीले यो ठॉंउमा यस्तो काम गर्न गार्हो थियो गर्नु भयो ऐतिहासिक बन्यो भन्दै सबैलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेराको सप्ताहमा कति रकम उठ्यो ? को रह्यो धेरै दान गर्ने ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/B6B6D5F9-2B94-4D7F-80CC-7FF4BA109E76.jpeg?resize=640%2C427&ssl=1)
बाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलले अत्यन्तै उर्जाका साथ भक्ति भावले सम्पन्न गर्नुभएको मा धन्यवाद दिदै कुनै गल्ति, कमजोरी या चित्त दुखाइ रहेमा आफु क्षमा प्रार्थि रहेको उहॉंले यस्ता कार्यहरु ४१ देशमा सम्पन्न गरिसकेको बतॉंउदै बागदान (बोलिको दान) पुरा गर्न सबैलाइ अनुरोध गर्नुभयो । यो उद्धेश्य पुरा गर्न तुरुन्त सुचारु गर्नुहोस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 क्यानबेराको सप्ताहमा कति रकम उठ्यो ? को रह्यो धेरै दान गर्ने ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/08/8007E2F1-40F1-4EC9-8DE8-FB16AA5C89F0.jpeg?resize=640%2C427&ssl=1)
महापुराणमा सबैको उपस्थिति र सहयोगले खुसी छु रहेको बताउदै यो महापुराणमा सबैजनाले जे जति सहयोग गर्नुभएको छ त्यसमा सानो रक़म ठुलो रक़म भन्ने हुदैन सहयोग सहयोग हो भन्दै आर्थिक, सामाजिक र स्वयंसेवक गर्ने सबैलाइ संयोजक डा कृष्ण हमालले हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ ।
सनातन समाज अष्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले यस कार्यमा जुट्ने सबैलाइ धन्यबाद दिनुभएको थियो त्यस्तै महासचिव बिक्रम सुबेदिले महायज्ञलाइ यस अवस्था सम्म ल्याइ पुर्याउन सहयोग गर्ने सम्पूर्ण धार्मीक मनहरु प्रति कृतज्ञता ब्यक्त गर्नुभएको छ । उहॉंले आर्थिक संगै हरेक दिन भक्तजनहरुलाइ प्रसाद प्रदान गर्नुहुने सबै मनहरुलाइ पनि धन्यवाद प्रकट गर्नुभएको छ । समापनमा सिड्नीबाट एनआरएनए उपाध्यक्ष देव गुरुगं, ब्यवसायी मघराज पौडेल र योगगुरु राजन शर्माको उपस्थिति रहेको थियो । लिवरल पार्टि सदस्य अमरदिप सिंह को पनि उपस्थिति रहेको थियो ।कार्यक्रम सफल बनाउन बिभिन्न उपसमितिहरु रहेका थिए ।यहॉंहरुलाइ आफनो नाम सच्याउन वा केहि समस्या भएमा सनातन समाजका सचिव बासु चापागाइ र लेख राज पोखरेललाइ सम्पर्क गर्न अनुरोध गरिएको छ ।
फोटो : निरज श्रेष्ठ