हिजोआज
हरेक मधुर साँझहरुमा
कान्चका प्यालाहरुमा
जब रङ्गिन सपनाहरु
छचल्किन्छ्न्
छचल्किन्छन्
छातीका नमिठा बिद्रोहरु
निर्दोश टेबलहरुमा बजारिन्छन्
सुकोमल हत्केलाहरु, अनि
बिस्फोट हुन थाल्छन्
मनका ग्रिनेडहरु,
मायारुपी धरापहरुमा।
प्रत्येक थोपासङ्गै
हरेक चुस्किमा
मिसिन आईपुग्छन्
चोर र माझी औंलाबिच
सिगार रुपी मिसाइलहरु
अघिसम्मका मधुर साँझहरु
धुवै धुवाले धमिलिन पुग्छन्।
र पनि अतालिएका हुँदैनन्
निर्दोश नयनहरु
तर लर्बरिन थालेका हुन्छन्
अझै कोमल जिब्रोहरु भने
टोकिन थाल्छन्
कलेस्टी परेका ओठहरु ।
अघिसम्मका निर्दोश नयनहरु
आगो ओकल्न थालछन् ।
कतै बिरोधका आगहरु
त कतै असन्तुस्टका आगहरु
असफलताका आगहरु
महङ्गी र अत्याचारका आगहरु
एस्तो लाग्छ
हरेक मधुर साँझमा लागेका आगहरु
एटमका नै धुवाँ ओकल्दै छन् ।
हरेक बेहोशीमा बोलेका
नबुझिने र लर्बरिएका बाणीहरुले
एउटा दस्ताबेज नै तयार पार्दैछन् ।
म चियाउछु अनेकौ अनुहारहरु
म, आफू र आफ्ना जस्तै लाग्ने
मलिन तर उत्तेजक मुहारहरु
तर पनि प्रत्येक अनुहारबाट
पृथक पृथक आगोका लप्काहरु
छुट्न खोजिरहेछन् जस्तो लाग्छ ।
न मधुर साझको दोस
न रङ्गिन बोतलहरुको दोस।
न कुन्ठित मनभित्रका
बिद्रोहहरुको ।।
म अनि मेरा हरेक मधुर साझहरु
यसरी नै आगो ओकल्दै बितिरहेका छन् ।

श्रीभक्त पौडेल

चितवन,

हाल स्पेन

Total Page Visits: - Today Page Visits:
Shares