दकपुरि क सम्एवाददाता :- एन एस डब्लुको काउरा काउन्सिलले प्रत्येक बर्ष गर्ने स्थानिय फेष्टिवलको पाहुना राष्ट्रमा नेपाललाइ छानेको छ । नेपाल ५४ औं राष्ट्रको रुपमा यसपटक छनोट भएको हो, नेपाल भन्दा अघि ५३ वटा देशहरु काउरा फेष्टिवलमा छानिएका थीए । काउरा काउन्सिलले नेपालको बारेमा स्थानिय र इन्टरनेट माफर्त भब्य रुपमा जानकारि दिएको कुरा राजदुत लक्की शेर्पाले कपुरि क लाइ बताइन ।

स्थानिय बिभिन्न परिकार, संस्कृति र बिविध पक्षहरुलाइ समेटेर गर्ने महोत्सवमा नेपाली संस्कृति, नेपाली खाना, गीत संगीत र अन्य नेपाल झल्कने कुराहरु रहने कुरा अष्ट्रेलियाका लागी नेपाली राजदुत लक्की शेर्पाले जानकारि दिइन । बिशेष गरि एनएसडब्लु, एसीटि र मेलवर्नका नेपाली प्रतिनिधिहरुलाइ बिभिन्न ज़िम्मेवारी सहित उपस्थितिका लागी जानकारि दिएको कुरा पनि शेर्पाले बताइन । नेपाल र नेपाली पहिचान चिनाउने यो सुनौलो अवसरमा लागी हामी सबै नेपालीहरुले सबै तिरवाट सकेको सहयोग गर्नु सबैको दायीत्व हो ।

254C6B2B-DBA6-4888-9FB2-E4679AF4C0B6-300x225 काउरा फेष्टिवलमा नेपाली झण्डा

फोटो : राजदुतको फेसबुकवाट ।

Total Page Visits: - Today Page Visits:
Shares