अष्ट्रेलियाको एनएसडब्लु राज्य अन्तर्गत पर्ने न्यू क्यासलमा नेपालबाट आफना छोरा छोरी भेट्न आउनु भएका बुवा आमाहरुलाइ दरबार रेष्टुरेन्ट्सले बनभोज आयोजना गरेको छ । बुवाआमाहरुलाइ एकै दिन भनेपनि खुसी एवं मनोरन्जन दिन पॉंउदा खुसी लागेको कुरा आयोजक रबिन श्रेष्ठले मेरो कपुरी कलाइ बताउनु भएको छ । बुवाआमाहरु सहित चालिसजनाको टोलि बनभोज गएको थियो ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 दरबार रेष्टुरेन्टको आयोजनामा अभीभावक बनभोज सम्पन्न ।
https://successedu.com.au/

दरबार रेष्टुरेन्ट एण्ड इभेन्ट्सको सहकार्यमा तोर्सी फाइनान्सीयल, सिड्नी ट्राभल्स र ओर्बिट अष्ट्रेलिया ग्रुप सहयोग रहेको बनभोज नेल्सन वे मा ९ अक्टुवर आइतबार दिन गरिएको थियो । आफुहरुलाइ यसरि रमाइलो गर्न बनभोज आजोयना गरिदिएर रमाइलो बनाइदिएकोमा बुवा आमाहरुलाइ आयोजकलाइ धन्यवाद ब्यक्त गर्नुभएको थियो । बुवाआमाहरु खुसी मनाउदै बसमा समेत नाच्दै गॉंउदै जानुभएको र दिनै भरि रमाइलो गर्नु भएको थियो । वातावरण प्रतिकुल रहँदा सॉंझमा दरबार रेष्टुरेन्टमा फर्किएर डिनर खाएर नाच गान गर्दै रमाइलो गर्नुभएको कुरा आयोजक श्रेष्ठले बताउनुभयो ।

F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 दरबार रेष्टुरेन्टको आयोजनामा अभीभावक बनभोज सम्पन्न ।

Total Page Visits: - Today Page Visits:
Shares