दशैं तिहार बिशेष पारेर बिभिन्न सॉंगीतिक कार्यक्रम भइरहेकै बेला एउटा फरक कार्यक्रम क्यानबेरामा हुने भएको छ । स्ट्याण्ड अप कमेडि नाम दिइएको कार्यक्रम हॉंस्यब्यग्य बिशेष हुनेछ । पर्दाबाट होस या प्रत्यक्ष दर्शकमाझ उभीएर होस सामान्य कुराहरुलाइ बेजोड ढंगबाट प्रस्तुत गर्न सक्ने कलाकार सन्दिप क्षेत्री अष्ट्रेलियाको राजधानी क्यानबेरा आउनुहुने भएको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 अव पालो कमेडिको ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/07/F4BD269C-928E-4FF3-981E-4EDF0E186781.jpeg?resize=160%2C42&ssl=1)
राजनिति, समाज र अन्य गतिविधिलाइ जनताको मनमा छुने गरेर प्रस्तुति दिन सक्नु सन्दिप श्रेत्रीको बिशेषता हो । कमेडियन श्रेत्री संगै भिडिजे लामा, विवेक गुरुगं र सुजन जिम्वा रहनुभएको छ । सक्सेज एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजन रहेको कार्यक्रमलाइ ८८४८ इन्टरटेनमेन्टले प्रस्तुत गर्न लागेको हो । क्यानबेरा डेकिन फुटवल क्लवमा हुन लागेको कार्यक्रम नोभेम्बर ५ का दिन सॉंझ ५ बजेबाट हुनेछ । कार्यक्रममा प्रवेश गर्नका लागी $२५ शुल्क रहेको छ । आयोजक गिनिज गुरुगंले सबैजना आएर यो फरक कार्यक्रमको मनोरन्जन लिइदिनुहुन सबैसंग अनुरोध गर्नुभएको छ ।
![[Tags] F4BD269C-928E-4FF3-981E-4EDF0E186781-1024x271 अव पालो कमेडिको ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2022/10/EA36612A-94CA-4680-9978-ADDD158AA435.jpeg?resize=640%2C905&ssl=1)