अन्तत क्यानबेरामा हुने भनिएको पहिलो नेपाल फेष्टिवलको सबै तयारी पुरा भएको आयोजक संस्था एनआरएनए एसिटिका संयोजक अशोक बस्नेतले बताउनुभएको छ । उहॉंले सबै तयारी पुरा भइसकेको र अव सबै आगन्तुकहरुलाइ स्वागत गर्न मात्रै बॉंकि रहेको बताउनुभएको छ । उहॉंले परेडमा झांकि, कुमारी रथ यात्रा र पन्चेबाजाको धुनले सजिने बताउदै नेपाल हाउसको बिशेष आकर्षण रहने जानकारी दिनुभएको हो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपाल फेस्टिवलको तयारी पुरा । के के छन् त आकर्षणहरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/01/E0538893-3DF6-43FB-A9CE-8473C1F2B216.jpeg?resize=215%2C96&ssl=1)
नेपाल फेस्टिवलमा बिहान १०:३० बजेबाट परेड हुनेछ परेडमा संयोजक कृष्ण सुबेदिका अनुसार एकहजार भन्दा धेरै नेपालीहरु को भिडले परेडको रौनकता देखाउने बताउदै सबै संघ संस्था सहित जात जातीका भेषभुषा र बिभिन्न झॉंकिहरुले नेपाल चिनाउन मद्धत गर्ने बताउनुभएको छ । उहॉंले गरिमा प्लेसबाट क्यासिनोको छेउ हुदै पार्क वे को ओभरहेड पुल हुदै कमनवेल्थ पार्कमा आएर टुंगिने जानकारी हामीलाइ दिनुभएको हो ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपाल फेस्टिवलको तयारी पुरा । के के छन् त आकर्षणहरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/E82DA1BA-1BC8-4267-9C99-8E800EEFDB31.jpeg?resize=640%2C905&ssl=1)
नेपाल फेष्टिवलका संयोजक चुडामणी सापकोटाले सबै तयारी पुरा भइसकेको र आजैबाट स्टलहरुको काम हुने जानकारी दिदै नेपाल फेष्टिवल भब्य र सभ्य बनाउन सबैजनाको सक्रिय सहभागीताको लागी अनुरोध गर्नुभएको छ । त्यस्तै स्टेज तथा आयोजना स्थलका लागी सक्रिय रुपमा लाग्नुभएको महेश बशिष्ठले चाबि हस्तातरण भइसकेको जानकारी दिनुभएको थियो भने एनआरएनए एसिटिका संयोजक काशी भुषालले सबैजना बुवा आमा दाजु भाइ दिदि बहिनिहरुले आफनो संझेर आइदिन अनुरोध गर्नुभएको छ ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपाल फेस्टिवलको तयारी पुरा । के के छन् त आकर्षणहरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/B27CD5AC-FA04-4C18-8E1B-0ED3F33709D3.jpeg?resize=640%2C640&ssl=1)
फेष्टिवलमा बालबालिकाहरुका लागी बिशेष खेल्ने स्थान हुने छ भने नृत्य, गीत संगीत र साहित्यको बेजोड संयोजन हुनेछ । त्यस्तै नेपालबाट दि भोइसका तेस्रो सिजन बिजेता किरण गजमेर, चौंथो सिजन बिजेता करण राइ, सिजन २ बाट आरिफ़ रौफ र सिजन ४ बाट बर्षा इटनिको सहभागीता रहने छ ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपाल फेस्टिवलको तयारी पुरा । के के छन् त आकर्षणहरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/0EFA938C-0534-425D-AE4E-7BFBCA0CE465.jpeg?resize=299%2C199&ssl=1)
दि भोइसका जज तथा गायक प्रमोद खरेलको बिशेष प्रस्तुति हुनेछ भने नेपालका चर्चिक टेलिभिजन प्रस्तोता/होस्ट शुसिल नेपालको कार्यक्रम संचालन हुनेछ । क्यानबेराकै स्थानिय कलाकारहरुको गायन, नृत्य तथा अन्य थुप्रै बेजोड प्रस्तुति पनि थप आकर्षण हुनेछ । जे होस क्यानबेरामै पहिलोपटक हुन लागेको नेपाल फेष्टिवल हामी सबै मिलेर भब्य र सभ्य बनॉंउ । जसले गर्दा आज्ञ नेप्ली र नेपाल चिनाउने अवसरबाट बन्चित हुन नपरोस । हामीले बिदेशिहरुलाइ हाम्रो संस्कृति, संस्कार, रहनसहन र शभ्यता देखाउने बेला यहि हो आउनुहोस हामी सबै मिलेर नेपाल फेष्टिवल सफल बनाऔं ।
![[Tags] E0538893-3DF6-43FB-A9CE-8473C1F2B216-1024x458 नेपाल फेस्टिवलको तयारी पुरा । के के छन् त आकर्षणहरु ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/02/730B4FF8-DCAB-40D6-8DC2-E339093F2300-724x1024.jpeg?resize=640%2C905&ssl=1)