4FE70310-DC56-4379-A08D-5629C61018A6 “ओसियाना स्पोर्ट्स मिट” यसपटक पहिला भन्दा बिशेष हुनेछ : आदर्शजंग पाण्डे ।
https://successedu.com.au/

ओसियाना राष्ट्रहरुमा रहेका नेपालीहरुका बिचमा दुइ दुइ बर्षमा हुने बिशेष खेलकुद “ओसियाना स्पोर्ट्स मिट” यसपटक क्यानबेरामा अप्रिल ७ देखि १० गते सम्म हुनेछ । यसैको तयारीका बारेमा ओसियाना स्पोर्ट्स मिट २०२३ का संयोजक आदर्श जंग पाण्डेसंग हामीले कुराकानी गरेका थियौं । उहॉंले कार्यक्रमका लागी १ लाख डलर भन्दा बढि लाग्ने र ७५ हजार भन्दा बढि रकम उठिसकेको र थप रकम सबै स्टेटबाट एमओयू साइन गरे बापत पनि आउने बताउनुभएको छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 “ओसियाना स्पोर्ट्स मिट” यसपटक पहिला भन्दा बिशेष हुनेछ : आदर्शजंग पाण्डे ।
ओसियाना स्पोर्ट्स मिट २०२३ का संयोजक आदर्शजंग पाण्डे

पाण्डेले लंग टेनिस, बास्केटबल, टेवल टेनिस र पौडिका स्पोन्सर कुरिरहेको र संभवतः पक्कै कुनै संघ संस्थाले स्पोन्सर गर्ने कुरा बताउनुभएको छ । यसपटक CIT, INF, MID CITY र BBQ NATION जस्ता नेपाली भन्दा बाहिरका संस्थाहरुलो पनि सहयोग गरेका छन् । यसले गर्दा थप सहयोग भएको र अन्य नेपाली संघ संस्था सहयोग गर्न तयार रहे आयोजक संस्था स्वागत गर्नुभएको आत्तुर रहेको छ ।

यसपटक सबै स्टेट बाट सहभागीता हुने भए पनि नर्दन टेरोटरिबाट भने सहभागीता जनाउने या नजनाउने कुनै जानकारी आएको छैन ।सबै स्टेटबाट खेलाडीहरु ऑंउदा ७०० जना कट्ने लक्ष राखिएको भए पनि नर्दन टेरटरिबाट खेलाडीहरु सहभागी भएनन् भने पनि ५०० जना भन्दा बढि हुने अपेक्षा गरिएको छ ।

यसपटक खेलाडिहरुका लागी बिशेष ब्यवस्थापन गरिएको छ । संयोजक पाण्डेका अनुसार खोलाडीहरुका लागी ९० वटा कोठाहरु बुक भइसकेको छ जसमा ३५० देखि ४०० जना अट्ने क्षमता रहेको छ । जसले गर्दा खोलाडीहरुलाइ सस्तोमा बस्न पाउने सुबिधा हुनेछ र अर्को कुरा यसपटक खेलाडीहरुको समयलाइ ध्यानमा राखि खेलाडीहरुलाइ सम्वन्धित ठॉंउमा खाना पुर्याउन पनि रहेको छ । उद्घाटन सत्रमा सबै बस्ने खाने र घुम्न मिल्ने सहित अन्य जानकारिहरु दिइने छ र उद्घाटन सत्र वेष्टर्न क्रिकमा हुनेछ ।

लामो समय लाग्ने खेलहरु जस्तै क्रिकेट र लंग टेनिस शुक्रबार बिहानैबाट खेल हुन सक्ने छन् । ५ किमि दौड़ सोमबार बिहान हुनेछ भने अन्य सबै खेलहरु सनिबार र आइतबार हुने कुरा संस्थापक डा डिडि कँडेलले बताउनुभएको छ । तालिका सबै स्टेटका स्टेट कोअर्डीनेटर र स्पोर्ट्स कोअर्डीनेटरको बैठकले तयार गरि सकेको र त्यो छिट्टै प्रकाशन सहितको जानकारी आजोजक संस्थाले दिने छ । बिजयी खेलाडीहरुलाइ पुरस्कार भने यसपटक पनि हुन सकेको छैन । संयोजक आदर्शजंग पाण्डेले पैसा भन्दा पनि यति ठुलो खेलकुदमा स्टेटबाट सहभागी हुन पाउनु सबै खोलाडीहरुका लागी पनि ठुलो कुरा रहेको बताउदै भविष्यमा पुरस्कार दिने योजना भइरहेको जानकारी दिनुभएको हो । पाण्डेले सबै खेलमा अष्ट्रेलियाका राष्ट्रिय खेलाडिहरु नेपाली खेलाडीहरुको हौसला बढाउन आउने हुनुभएको छ जसले गर्दा नेपाली र अष्ट्रेलियाका खेलाडीहरु बिच सम्वन्ध रहने र भोलिका दिनमा राम्रा खेलाडीहरुले यहॉं अवसर पाउने संभावना पनि रहने कुरा पनि ब्यक्त गर्नुभएको थियो ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 “ओसियाना स्पोर्ट्स मिट” यसपटक पहिला भन्दा बिशेष हुनेछ : आदर्शजंग पाण्डे ।

यस पटकको जिम्मेबारी अष्ट्रेलिया नेपलिज फ्रेण्डसिप सोसाइटीले लिएको र संयोजकको ज़िम्मेवारी आफुमा रहेको हुनाले पनि त्यति सहज नभएको तर तर डा डिडि कणेंलले सबै कुराहरु फ्रेमवर्क बनाएर राख्नु भएको छ जसले गर्दा कुन काम कुन समयमा गर्ने भन्ने कुरा सजिलो भएको छ । डा डिडि कँडेल हामी संगै हुनु नै हामीलाइ एकदमै सजिलो हुनु हो । यो ठुलो कार्यक्रम हो ठुलै बजेट छ र धेरै खेल र खेलाडीहरु हुनेछन् । तर यति ठुलो कार्यक्रमलाइ नेपालीहरुबाट मात्रै हुनु र अष्ट्रेलियन सरकारबाट कत्तिपनि नहुनु भनेको एकदमै दुखद कुरा हो । हामीलाइ अष्ट्रेलियन सरकारबाट सहयोगको आशा रहेको थियो तर केहि सहयोग पाइएको छैन । हामीले कार्यक्रमको खाका पनि बुझाएका हौ तर वास्ता भएन पाण्डेले गुनासो गर्नुभएको हो ।

कार्यक्रमको टाइटल स्पोन्सर इनोभेटिभ एसोसियट्सले गरेको छ भने फुटवलका लागी ग्रेस इन्टरनेशनल, क्रिकेटका लागी सक्सेस एजुकेशन, भलिवलका लागी अजी फाइनान्स, ब्याडमिन्टन G1 होम्स रहेका छन् भने बॉंकि आउने चरणमा रहेका छन् ।

Total Page Visits: - Today Page Visits:
Shares