![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा छॉंयामा परेको “लेकसाइड”](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/03/4FE70310-DC56-4379-A08D-5629C61018A6.gif?resize=626%2C80&ssl=1)
अगाडी लेक छ अनि संगै रेष्टुरेन्ट । सॉंझमा बत्तिको प्रकाश लेकमा पर्छ अनि सोझै रेष्टुरेन्टमा तिर सर्छ । सॉंझको झिलमिल संगै परालको छाना हेर्दा नेपालमा बसेजस्तै झल्को ऑंउछ । तर सबैकुरा भएर “लेकसाइड गोर्खा” पनि ओझेलमा परेजस्तै भएको छ ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा छॉंयामा परेको “लेकसाइड”](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_6289.jpeg?resize=640%2C360&ssl=1)
किन उपयुक्त स्थानमा भएर पनि बाहिर नाम कम सुनिन्छ? मैले यो प्रश्न रेष्टुरेन्टका ब्यवस्थापक हिमांशु प्रधानलाइ सोधेको थिएं । उहॉंले हामी अव पुरै नयॉं मेनुका साथ ऑंउदैछौं आशा छ हाम्रा ग्राहकहरुले मन पराउनुहुनेछ । हुनपनि आज हामी आमाको मुख हेर्ने दिन पारेर “हाइ टि” कार्यक्रम रहेको थियो । धेरै नेपाली आमा तथा दिदिबहिनहरु एक आपसमा खाना संगै खुसी साटिरहनुभएको थियो । सॉंझ हुदै गर्दा नेपाली भन्दा बिदेशी अनुहारहरु धेरै थिए । ग्राहकहरुलाइ सन्तुष्ट बनाउन संचालक संगीता गौतमको भ्याइनभ्याइ थियो । मम खाएपछि ग्राहकहरु भन्दै थिए अचार गज्जव रहेछ । डढाएर बनाएको खुर्सानीको अचार भिन्दै थियो “पिरो तर मिठो” ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा छॉंयामा परेको “लेकसाइड”](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_6295.jpeg?resize=640%2C746&ssl=1)
भान्छालाइ र भान्छामा बन्ने खानालाइ कसरि मिठो र फरक बनाउन सकिन्छ भनेर बिजय उपाध्यायको चिन्ता अर्कै थियो । अव चाउचाउ सॉंधेको देखि नेपाली थालीमा भात तरकारी बॉंधेको लोभलाग्दो थियो । तर यति गर्दागर्दै पनि कसरि राम्रो गरौं, कसरि मिठो ख्वॉंउ भन्दा भन्दै पनि कहिलेकॉंहि नमिठो अनुभव हुन्छ ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा छॉंयामा परेको “लेकसाइड”](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_6292.jpeg?resize=640%2C360&ssl=1)
कुनैपनि ब्यापारमा गएर नेपालीले नेपालीलाइ रिभ्यू दिदॉं एक स्टार दिदा ब्यापारमा पर्न जाने असर बुझिदिन र बरु केहि नराम्रो लागे सिधै सम्वन्धित सेफ वा रेष्टुरेन्ट संचालक समक्ष भनिदिन आग्रह गर्नुभएको छ । यसले गर्दा हामीलाइ स्थानिय ब्यक्तिहरु रिभ्यू हेरेर आउने हुनाले संचालनमा असर पर्ने संचालक हिमाशुं प्रधानको दुखेसो थियो । उहॉंले नराम्रो ख्वाएर पैसा कमाउने रहर नभएको तर केहि गरौं आफनै मेहनतले केहि गरेर देखाऔं भनेर गर्न खोज्यो आफनै मान्छेहरुबाट धोका पाइन्छ ।
![[Tags] 4FE70310-DC56-4379-A08D-5629C61018A6 क्यानबेरामा छॉंयामा परेको “लेकसाइड”](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_6291.jpeg?resize=640%2C640&ssl=1)
लेकसाइड गोर्खामा भित्र र बाहिर गरेर २०० जनाको सिट क्षमता रहेको र त्यति जना सम्मलाइ पार्टि गर्न सकिने कुरा संगीता गौतमले बताउनुभयो । एकपटक अवसर गर्ने मौका दिन गौतमले सबैलाइ अनुरोध गर्नुभएको छ । मेरो मनमा पनि यस्तै कुरा खेलिरहे । मनोरम ठॉंउ, मिठो खाना र ट्याप बियर देखि नेपाली बियर सम्म पाइने हुदा हुदै पनि किन ओझेलमा परिरहेको छ भन्ने मनमा लागीरह्यो । के तपॉंइहरुले लेकसाइड गोर्खा किंग्सट्नमा गएर खाना चाख्नुभएको छ त ?
Food :- 9/10
Price :- 8/10
Service:- 10/10