4FE70310-DC56-4379-A08D-5629C61018A6 तनाब बिर्साउन बनभोज ।

अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटि (एएनएफएस) को आयोजना र ACT Government, ACT Health promotion Grant Program को सहयोगमा एएनएफएस पारिवारिक बनभोज कार्यक्रम हुने भएको छ ।

बिशेष गरेर नेपालबाट यहॉं आउनुभएका अभिभावकहरु जो बिभिन्न कारणले गर्दा बाहिर जान पाउनु भएको छैन र जो पाएर पनि आफनै नेपाली परिबारहरुसंग रमाउन पाउनुभएको छैन उहॉंहरु सहित सबै नेपाली परिबारहरुलाइ मानसिक तथा शारिरिक थकानलाइ बिर्साउनका लागी यो कार्यक्रम आयोजना गरेका हौं निरज गौलिको भनाइ थियो ।

कार्यक्रमा बुवा आमाहरु सहित सबैलाइ एउटा पारिवारिक वाताबरण दिन र बनभोजको झल्को मेटिने गरि बनभोज स्थलमा नै खाना, मासु अचार र अन्य परिकारहरु पकाएर खुवाउने योजना रहेको छ । क्यानबेरा तथा क्विनबियन श्रेत्रबाट बुवा आमाहरुलाइ ल्याउन पुर्याउन स्वयंसेवकहरु पनि अनुरोध गरिएको छ भने सहयोग गर्ने हरुको संख्या पनि आइरहेको छ । यस्तो बनभोज कार्यक्रमले सबैलाइ एकै ठॉंउमा भेट गराउन सहयोग त गर्छनै त्यो संगै भेटेर कुरा गर्दा, फरक फरक अनुहारहरु देखेर कुरा गर्दै जॉंदा मानसिक र शारिरिक रुपमा पनि फरक बनाउदै ।

कार्यक्रम यहिं ऑंउदो सनिबार २२ जुलाइ २०२३ का दिन बिहान १० बजेदेखि दिनको २ बजे सम्म यारबी पोण्ड डिष्ट्रिक पार्क गंगालिनमा हुनेछ । आयोजकले आफना परिबार तथा साथिभाइ लिएर आउन र बनभोजमा रमाउन अनुरोध गरेको छ ।

4FE70310-DC56-4379-A08D-5629C61018A6 तनाब बिर्साउन बनभोज ।

 

Total Page Visits: - Today Page Visits:
Shares