नेपालका परराष्ट्र मन्त्री तथा कॉंग्रेसका नेता एनपि साउद यतिबेला अष्ट्रेलियाको भ्रमणमा हुनुहुन्छ । अष्ट्रेलिया सरकार र इण्डिया फाउण्डेसनले यहि माघ २६ र २७ गते अर्थात फेब्रुअरी ९ र १० तारिखका दिन पर्थमा आयोजना गर्ने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अष्ट्रेलिया आउनुभएको हो ।
यसै सिलसिलामा अष्ट्रेलियाको राजधानीमा जनसम्पर्क समिति क्यानबेराको आयोजनामा भेटघाट तथा सम्मान कार्यक्रमलाइ सम्बोधन गर्न परराष्ट्र मन्त्री क्यानबेरा आउनुभएको हो ।कार्यक्रममा बोल्दै मन्त्रि साउदले परराष्ट्र मन्त्रालयले प्रदान गर्दै आएको सेवा सुविधालाई सहज र अझ प्रभावकारी कसरि बनाउन सकिन्छ भनेर आफू सदैव क्रियासिल रहेको बताउदै अव चाडै नै ई-पासपोर्ट सेवा सुचारु हुने र हुलाक मार्फत् प्राप्त गर्न सकिने जानकारी दिनुभएको थियो ।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अस्ट्रेलियाको भौगोलिक अवस्थाले गर्दा पासपोर्ट बनाउन नेपालीहरुले धेरै नै सास्थी खेप्नु परेको बताउदै त्यसको दिगो समाधानका लागि दुतावासको साथसाथै यहाँका बाणिज्य दुतावासहरुको सेवालाई प्रभावकारी र बिस्तार गर्नुपर्ने खाचो औल्याउनुभएको थियो । अध्यक्ष पोखरेलले नेपाली बिध्यार्थीहरुले ठुलो रकम बुझाएर आएको र बर्षैपिच्छे बिलियन डलर अष्ट्रेलियालाइ बुझाउने भएता पनि नेपालले यहाको सरकारसँग छात्रवृत्ती, आर्थिक तथा भौतिक सहयोग बढाउने समन्धमा छलफल गर्नु पर्ने, अष्ट्रेलियामा रहेका नयॉं पुस्तालाइ नेपालसंग जोड्न उनीहरुलाई नेपाली भाषा, सस्कृति र नेपाली मौलिकताको बारेमा जानकारी दिलाउने खालका कार्यक्रमका लागी सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम मा तिनवटा बिभिन्न समसमायीक बिषयमा छलफल भएको थियो । जसमध्य नागरिकताको बिषयमा डा. सिताराम धिमीरे, डा. कृष्ण हमाल ज्यू ले बैदेसीक लगानीको बारेमा र
त्यसै गरी अष्ट्रेलियामा रहेका नेपाली समूदायको जनसरोकार र नेपाली दुताबासको सेवा बारे भएका सेवा र सुबिधालाइ कसरि प्रभाबकारी बनाउन सकिन्छ ? सिधा हवाइ उडानका बारेमा भएको उपलब्धि र भिजिटर भिजा अफिस नेपाल सार्न सुझाव दिइएको थियो ।
![[Tags] IMG_8539-295x300 परराष्ट्र मन्त्री एनपि साउदद्वारा इ-पासपोर्ट कार्वान्वयन गर्ने प्रतिबद्धता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/02/IMG_0962.jpeg?resize=300%2C225&ssl=1)
![[Tags] IMG_8539-295x300 परराष्ट्र मन्त्री एनपि साउदद्वारा इ-पासपोर्ट कार्वान्वयन गर्ने प्रतिबद्धता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/02/IMG_0960.jpeg?resize=300%2C169&ssl=1)
कार्यक्रममा प्रमूख अथिती माननीय प्रराष्ट मन्री एनपी साउद , विशिष्ट अथिती जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश रनसिह गुरूँग, विशिष्ट अथिती माहामहीम राजदूत कैलाश राज पोखरेल ज्यू, बिशिष्ट अथिती बिशव हिन्दू महासंघ को उपाध्यक्ष ज्योत्सना अधिकारी साउद ज्यू, लागत जनसम्पर्क राज्य समिति NSW का संयोजक सितल खाड ज्यू, जनसम्पर् NRNA अष्ट्रेलिया का अध्यक्ष अनिल पोखरेल सहित क्यानबेराका विभिन्न संग संस्था का प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रमको उद्घोषण बिनोद उप्रेतीले गर्नुभएको थियो । जनसम्पर्क राज्य समितिले मॉंयाको चिनो प्रदान गर्दै कार्यक्रम समापन गरेको थियो ।
![[Tags] IMG_8539-295x300 परराष्ट्र मन्त्री एनपि साउदद्वारा इ-पासपोर्ट कार्वान्वयन गर्ने प्रतिबद्धता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/02/IMG_0956.jpeg?resize=300%2C225&ssl=1)
परराष्ट्र मन्त्री साउदको उपस्थितिमा सॉंझ नेपाली दुताबास क्यानबेराले महामहिम पोखरेलको निवासमा डिनर कार्यक्रम आयोजना गरेको थियो । केहि बिदेशी पाहुना सहित नेपाली समाजका अगुवा तथा संघ संस्थाका प्रतिनिधिहरु र नेपाली दुताबास क्यानबेराका प्रथम सचिव, द्वितीय सचिव र अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
![[Tags] IMG_8539-295x300 परराष्ट्र मन्त्री एनपि साउदद्वारा इ-पासपोर्ट कार्वान्वयन गर्ने प्रतिबद्धता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/02/IMG_0950-2.jpeg?resize=300%2C187&ssl=1)
![[Tags] IMG_8539-295x300 परराष्ट्र मन्त्री एनपि साउदद्वारा इ-पासपोर्ट कार्वान्वयन गर्ने प्रतिबद्धता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/10/IMG_8539.jpeg?resize=295%2C300&ssl=1)
![[Tags] IMG_8539-295x300 परराष्ट्र मन्त्री एनपि साउदद्वारा इ-पासपोर्ट कार्वान्वयन गर्ने प्रतिबद्धता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/08/IMG_7815-1.jpeg?resize=300%2C169&ssl=1)
![[Tags] IMG_8539-295x300 परराष्ट्र मन्त्री एनपि साउदद्वारा इ-पासपोर्ट कार्वान्वयन गर्ने प्रतिबद्धता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_8539-295x300 परराष्ट्र मन्त्री एनपि साउदद्वारा इ-पासपोर्ट कार्वान्वयन गर्ने प्रतिबद्धता ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_8998.jpeg?resize=300%2C174&ssl=1)