भानु जयन्तिको उपलक्ष्यमा अष्ट्रेलियाको राजधानि क्यानबेरामा साहित्यिक तथा सॉंस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान क्यानबेराको आयोजनामा १२ जुलाइ शुक्रबारका दिन सम्पन्न गरेको हो । अष्ट्रेलियाका लागी नेपाली राजदूत महामहिम कैलाशराज पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डा कृष्ण हमाल, डा दुर्गादत्त कणेंल, डा बिनोद नेपाल र एएनएफएस का अध्यक्ष निरज गौलि लगाएत अन्य बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
भानुभक्तको फोटो साक्षि राखेर पानसमा बत्ति बाल्दै प्रमुख अतिथि पोखरेल, डा कृष्ण हमाल र यज्ञ अधिकारिले संयुक्त रुपमा कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । पानसमा बत्ति बाल्ने क्रममा पण्डित बिष्णु भण्डारीले स्तोत्र पाठ गर्नुभएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष यज्ञ अधिकारीले स्वागत मन्तब्य गर्दै रामायण पाठ पनि गर्नुभएको थियो । प्रमुख अतिथि महामहिम पोखरेलले भानुभक्तको योगदानका बारेमा चर्चा गर्नुभएको थियो भने जी कृष्ण हमालले संस्था स्थापना कालदेखि हाल सम्म गरेका क्रियाकलापहरुको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली तथा अष्ट्रेलियन राष्ट्रिय गान पालैपालो गरि बजाएर सम्मान गरेपछि अथितीहरूलाई पदेन सल्लाहकारका रुपमा तल उल्लेखित संस्थाहरुलाइ टोपि लगाएर सम्मान गरिएको थियो । एनएफएस, सनातन समाज, एनआरएनए क्यानबेरा, अनेसास, गुठि क्यानबेरा, तामागं समाज र तामागं घेदुगं संस्थाहरुले कला सॉंस्कृतिक कार्यक्रम गर्ने भएको हुनाले सम्मान भएका हुन । कार्यक्रममा सम्रिका अधिकारीले शिव बन्दनामा नृत्य गर्नुभएको थियो । निल्सी पाण्डेको बाल नाच साथै पाठशालाका बावु नानीहरुले रामायणको श्लोक बाचन गरेका थिए ।
नेपालबाट नेपाली भाषाको संरक्षक डा गाउले बलदेव अधिकारीले जुम मार्फत कार्यक्रमलाइ शुभकामना दिदै कविता वाचन गर्नुभएको थियो । बिनायक अधिकारी, तुल्सा पाण्डे, काशी भुषाल र शुलभ दंगालबाट कविता गजल बाचन भएको थियो । कार्यक्रममा नेपालबाट अष्ट्रेलिया भ्रमणमा रहनुभएका अभिभावक छत्र प्रसाद भट्टराइले बासुरी बादन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै मनोज शर्माले आफनो गायन प्रस्तुत गर्नुभएको थियो भने आरभ उप्रेतीले रामायण बाचन गर्नुभएको थियो । प्रनिता अर्याल र स्रेया रूपाखेतीको नृत्य रहेको थियो भने
![[Tags] IMG_9828-300x300 अष्ट्रेलियाले संझियो आदिकवि भानुभक्त ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/07/IMG_3884.jpeg?resize=640%2C426&ssl=1)
किरण भन्डारीले आफनो संगातिक कला प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेवारी नाच पनि प्रस्तुत भएको थियो । कार्यक्रमको अन्त्यमा सुप्रिम रेग्मीले र्याप गीत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै अनिश ढकाल र समूहले लोप हुन लागेको बालुन गाउनुभएको थियो भने अर्जुन प्रसाद नेउपानेले श्लोक बाचन गर्नुभएको थियो ।
![[Tags] IMG_9828-300x300 अष्ट्रेलियाले संझियो आदिकवि भानुभक्त ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/07/IMG_3835.jpeg?resize=300%2C169&ssl=1)
कार्यक्रममको समापन संस्थाका अध्यक्ष अधिकारिले गर्नुभएको थियो । कार्यक्रम संचालन तुल्सा पाण्डे, मन्जु नेपाल, सृष्टि भट्टराइ पाण्डे, बिनोद उप्रेतीको रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाइ सॉंझको खाना प्रदान गरिएको थियो । कार्यक्रम फ्लोरी मन्दिरको हलमा भएको थियो । दुइ सय भन्दा बढि उपस्थिति रहेको कार्यक्रम साहित्य मात्रै नरहेर कला संस्कृतिको पनि मिश्रण रहेका थियो । भानु जयन्ति क्यानबेराका साथै अष्ट्रेलियाका बिभिन्न शहरहरुमा सम्पन्न भएको छ ।
![[Tags] IMG_9828-300x300 अष्ट्रेलियाले संझियो आदिकवि भानुभक्त ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/07/IMG_3880.jpeg?resize=640%2C960&ssl=1)
![[Tags] IMG_9828-300x300 अष्ट्रेलियाले संझियो आदिकवि भानुभक्त ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/07/IMG_3844-scaled.jpeg?resize=640%2C360&ssl=1)
![[Tags] IMG_9828-300x300 अष्ट्रेलियाले संझियो आदिकवि भानुभक्त ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/07/IMG_3820.jpeg?resize=360%2C640&ssl=1)
![[Tags] IMG_9828-300x300 अष्ट्रेलियाले संझियो आदिकवि भानुभक्त ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/03/IMG_9828.jpeg?resize=300%2C300&ssl=1)
![[Tags] IMG_9828-300x300 अष्ट्रेलियाले संझियो आदिकवि भानुभक्त ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/12/AFHL-Canbera-v2.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_9828-300x300 अष्ट्रेलियाले संझियो आदिकवि भानुभक्त ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/04/IMG_2349.jpeg?resize=300%2C289&ssl=1)
![[Tags] IMG_9828-300x300 अष्ट्रेलियाले संझियो आदिकवि भानुभक्त ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2023/05/IMG_8998.jpeg?resize=300%2C174&ssl=1)