बिनायक अधिकारी; मेरो कपुरि क :- सामुदायिक सेवा केन्द्र भोटेवडारले एम्बुलेन्स किन्नका लागी रकम संकलन कार्य सुरु गरेको छ । नयॉं कार्यसमिति चयन भए संगै केहि गरौं भन्ने उद्देश्यका साथ एम्बुलेन्स किन्ने योजना सुरु भएको हो अध्यक्ष मनराज गुरुगंले भने । हाल सम्म सात लाख भन्दा बढि रकम संकलन भइसकेको र हरेक दिन सहयोगी मनहरुको सहयोग आइरहेको कुरा गुरुगंले बताए ।
एम्वुलेन्सका लागी हाल सम्म सबै भन्दा बढि रकम दिपक घलेले रु ३३,३३३ (तेत्तिस हजार तिनसय तेत्तिस) रुपैया दिएका छन् । सामुदायिकले एम्बुलेन्स किन्न सकेमा लमजुगं, मनागं र तनहुका क्षेत्रहरुमा पनि सहयोग पुग्ने देखिन्छ । सामुदायिक सेवा केन्द्रमा पहिलो एम्बुलेन्स एक बर्ष देखी काम नलाग्ने भएर बसेपछि यो दोस्रो एम्बुलेन्स किन्न लागीएको हो । सामुदायिक सेवा केन्द्रले भोटेवडार र यसका आसपासका क्षेत्रका मानिसहरुका सुख दु:ख र अन्साय माजिक क्रियाकलापमा सक्रिय भूमिका निभाउने कार्य गर्दछ ।
Total Page Visits: - Today Page Visits: