IMG_9828-300x300 “गजल मुशायरा” १० औं बर्षमा । अष्ट्रेलिया भरिका गजलकार सिड्नी ऑंउदै ।

गजलमै नाच, गजलमै हॉंस अर्थात सबैथोक गजलबाट । यस्तो कार्यक्रम कतै हेर्नुभएको छ ? अष्ट्रेलियामा हुनुहुन्छ र अझै बिशेष सिड्नी वरपर हुनुहुन्छ भने एउटा छुटाउनु नहुने कार्यक्रम हो  ‘गजल मुशायरा’ । गजल मुशायरा सुरु भएको १० औं बर्षको बिशेष कार्यक्रमको बिशेष संस्करण अष्ट्रेलियाको सिड्निमा हुने भएको छ । सिड्नीमा ७ वटा सफल श्रृंखलाहरू, ब्रिसबेनमा दुइवटा, एडिलेडमा यौटा, अल्बेरीमा यौटा भव्य संस्करणहरू र नेपाल(नुवाकोट) र मलेशियामा दूई संस्करण सहित अवको १० बर्षको बिशेष संस्करण अष्ट्रेलियाको शहर सिड्नीमा कार्यक्रम आयोजना हुने भएको हो । यो कार्यक्रम आगामी सेप्टेम्वर २२ तारिख  आइतबारका  दिन अपरान्ह २ बजेदेखि सिभिक थिएटर हर्सभिल सिड्नीमा हुन गैरहेको छ ।

IMG_9828-300x300 “गजल मुशायरा” १० औं बर्षमा । अष्ट्रेलिया भरिका गजलकार सिड्नी ऑंउदै ।

गजलको एउटा सम्पूर्ण कार्यक्रम गजल मुशायरामा यसपटक भने २२ जना गजलकारहरुको गजल वाचन सहित गजल गायन र गजलमै नृत्य रहनेछ । दशौं वार्षिकोत्सवको अवसरमा गजल मुशायरामा वाचन गरिएकागजलहरू सहितको यौटा ऐतिहासिक दस्तावेज “गजल मुशायराविशेषाङ्क २०८१” को लोकार्पण गरिनेछ ।

IMG_9828-300x300 “गजल मुशायरा” १० औं बर्षमा । अष्ट्रेलिया भरिका गजलकार सिड्नी ऑंउदै ।

गजल मुशायराको यो श्रृंखला दशौं वर्ष विशेष श्रृंखला हुनेछ, जसमाअस्ट्रेलियामा रहेका २२ जना गजलकारहरुले २/२ वटा गरी ४४ वटा गजल बाचनगर्नु हुनेछ ।गजल मुशायरा २०२४ मा सहभागीहुने गजलकारहरुमा  सिड्नीबाटगणेश गौतम, शिवजी भण्डारी, निष्प्रभ सजी, सजल नयन, जितेन्द्र मल्ल, ऒमकार अधिकारी, महेश्वर शर्मा, छत्र बहादुर धामी र राहुल अर्याल, न्युक्यासलबाट ईश्वर पौडेल, ट्यामवर्थबाट बिष्णु प्रसाद अधिकारी, क्यानबेराबाट  विनायक अधिकारी, तुल्सा पाण्डे र दुर्गा ढकाल, ब्रिसबेनबाटकेशव शर्मा र कृष्ण समर्पण, तास्मानियाबाट अशोक शर्मा, मेलवर्नबाट लक्ष्मण सञ्ज्याल, रमेश अधिकारी र अशोक दवाडी र नेपालबाट मानस राज र आचार्य प्रभा रहनु भएको छ ।

कार्यक्रममा गजल बाचनको अतिरिक्त विपना पौडेलको गजल नृत्य एवमं संजीव पराजुली, सुवास लामिछाने र महेश प्रसाईं म्याक्स को गजल गायनपनि समाबेश गरिएको छ । सुरेन्द्र दवाडी र ईश्वर पौडेलको सञ्चालन रहने यसकार्यक्रममा सहभागी भै गजल वाचन, गायन र नृत्यको मज्जा लिनुका साथैनेपाली गजलको प्रबर्धन गर्ने हाम्रो सानो प्रयासमा सहभागी भैदिनुहुन गजलमुशायरा परिवार सबैमा सादर अनुरोध गर्दछ ।

साहित्यले मानिसलाइ देश परदेश केहि भन्दैन रहेछ मेरो भाषा र तेरो भाषा पनि भन्दैन रहेछ त्यसैले त हामी गजलबाट नेपाली भाषी भुटानी साथिहरुलाइ एउटै स्टेजमा जोडिएको देख्नेछौं । यसपटक गजल मुशायरामा बाचन भएका बिशेष गजलहरुको संगालो सहितको पुस्तक पनि लोकार्पण हुनेछ ।

मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम भएको र सिड्निको यो बिशेष संस्करणले अष्ट्रेलियामा रहनुभएका साहित्यिक पारखी र गजलकारहरुलाइ अझ तताउनेमा विश्वस्त रहेको गजल मुशायराका संयोजक जितेन्द्र मल्लले हामीलाइ जानकारी दिनुभएको छ । गजल मुशायराको मुख्य आकर्षक पक्ष भनेको भाषण नहुनु हो, अनावस्यक नबोल्नु हो । चट्ट स्टेजमा आउने आफना गजल भन्ने र फर्कने । सबै अतिथी सबै श्रोता सबैलाइ समान सम्मान । त्यसैले त गजल मुशायरा परिवारलाई संसारभरि छरिएर रहेका नेपाली गजल सर्जकहरूले अगाध स्नेह देखाएका छन् ।

गजल मुशायराका बारेमा यहॉंहरुलाइ सहयोग र सर सल्लाह गर्न चाहना रहेमा संयोजक जितेन्द्र मल्ललाइ 0402 525 977 सम्पर्क गर्न सकिने छ । कार्यक्रमलाइ गजल मुशायरा परिबारले आयोजना गरेको हो भने Dhursan Construction र Lily White Real Estate ले मुख्य प्रायोजन गरेका छन् ।

कार्यक्रमको विवरण तल उल्लेखित रहेको छ ।

मिति : सेप्टेम्बर २२ आइतबार

समय : अपरान्ह २ बजेदेखि

स्थान : 16 Macmahon St, Hurstville NSW 2220 (Civic Theatre)

IMG_9828-300x300 “गजल मुशायरा” १० औं बर्षमा । अष्ट्रेलिया भरिका गजलकार सिड्नी ऑंउदै ।

Total Page Visits: 577 - Today Page Visits: 1
Shares