गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको महत्वपुर्ण कर्मका रुरमा रहेको नेपाल महोत्सव अस्ट्रेलियाव्यापी रूपमा सम्पन्न हुँदैछ। यसमध्यै सबैभन्दा ठूलो सिड्नीको नेपाल महोत्सव आगामी नोभेम्बर २३ शनिबार सिड्नीको मुटु डार्लिङ हार्बरस्थित टुम्वोलोङ पार्कमा हुने भएको छ । महोत्सव विहान १० बजेबाट रातिको १० बजेसम्म चल्नेछ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँग विशेष सहकार्यमा नेपालको पर्यटन पवर्द्धनको लागि विविध कार्यक्रमहरू महोत्सवमा झल्कीने भएको छ।
कार्यक्रममा अस्ट्रेलियास्थित विविध पर्यटन र पर्यावरण व्यवसायीहरुको स्टल राखिनेछ। यस्तै विविध नेपाली खानाका परिकारसहित दुई दर्जनबढी छुट्टा छुट्टै खानाका स्टल राखिने गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका गैर आवासीय नेपाली संघ एनएसडब्लु राज्य समितिले जनाएको छ।
कार्यक्रमको प्रचार प्रसारका लागि सिड्नी सहरको लिभरपुल स्ट्रिट, वाथ हर्स्ट स्ट्रिट फेस्टिभल सम्पन्न हुने डार्लिङ्ग हार्वरको तुम्वोलङ्ग पार्क वरपर नेपाली झण्डा फहराइने छ।
विशेषत नेपाल हाउस मार्फत समग्र नेपालको भूगोल, भौगोलिक परिचय (तराई, पहाड, हिमाल) लाई प्रस्तुत गर्ने गरि नेपाल र नेपालीसँग सम्वन्धित विभिन्न पर्यटकीयस्थल, धार्मिक स्थल, ऐतिहासिक स्थलको जानकारी तथा विविध भेषभुषा, कला, कृति, भाषा साहित्य एवम राज्य व्यवस्थाको विभिन्न काल खण्डको परिचय र जानकारी प्रस्तुत गरिने छ। अस्ट्रेलियास्थित नेपाली व्यवसायीको विशेष व्यवसायिक स्टल र प्रदर्शनीसँगै यस पटक नेपाली ह्याण्डीक्राफ्टका उत्पादनहरूसमेत राखिने भएको छ।
कार्यक्रम सुरू हुनु अगाडि शनिबार बिहान साढे १० बजेबाट विशेष परेड र झाँकीमार्फत नेपालको कला संस्कृती झल्काउने गरी बाजा गाजा सहित शान्ति पद यात्रामार्फत सहर परिक्रमा गरिनेछ।
यस्तै रास्ट्रियस्तरका लोक , पप , रक स्टार एवं नेपाली चलचित्रका स्थापित कलाकार हरुको कलाकारिताको प्रदर्शन गरिने छ। कार्यक्रमा नेपालबाट आएका द एक्स ब्याण्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुती रहनेछ। साथमा स्थानीय कलाकारहरूको विविध सांगीतिक कार्यक्रम समेटिनेछ। साथै विभिन्न भाषा, संस्कृति झल्काउने नृत्यहरु प्रदर्शन गरिनेछ।
यस्तै दोस्रो पुस्ताका बाबु नानीहरूको विशेष सहभागिता गराउने र उनीहरूलाई पनि नेपालबाट आएका कलाकार जतिकै मञ्च दिने तयारी छ।
यस्तै नेपाल र अस्ट्रेलियाको कुटनीतिक सम्वन्ध स्थापना भएको करिव ७० वर्ष भै सकेको छ र नेपाली विधार्थी, पेशागत रोजगारहरू , दक्ष जनशक्तिको अस्ट्रेलिया आगमन वढी रहेको छ । यसै परिप्रेक्षमा नेपाल र अस्ट्रेलियाबीचको राजनीतिक , कुटनीतिक सम्वन्ध अझ मजवुत र विकासशील राख्न टेवा पुर्याउने हिसावले अस्ट्रेलिया सरकारका प्रतीनीधी तथा राजनीती दलका नेताहरुको विषेस सम्वोधन रहने छ । यस्तै नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल पर्यटन बोर्डको साथै क्यानवेरास्थित अस्ट्रेलियाका लागि नेपाली राजदूतावासबाट प्रतिनिधिको उपस्थिति रहनेछ।
प्रवासमा आफ्नो व्यक्तिगत, पारिवारिक जीवन,अध्ययन,पेशा व्यवसाय या रोजगारीमा रहनुभएका धेरै भन्दा धेरै नेपालीहरु एकै ठाउँमा भेला भएर आफ्ना आपसी सुख दुःख तथा ज्ञान शिप एवं जीवनशैलीलाई एक उत्सवका रुपमा मनाउनुका साथै अस्ट्रेलिया भर रहेका विभिन्न नेपाली संघ संस्था एक ठाउमा उभिएर नेपाल र नेपाली लाइ सम्झने, खुशी हुने र नेपाली उत्सवका रुपमा मनाउने थलोको रुपमा पनि महोत्सवले महत्वपुर्ण भुमीका नीभाएको आयोजक एनएसडब्लुका संयोजक बीनोद कुवर बताउछन ।
कार्यक्रममा एनएसडब्लु राज्य समितिका प्रिमियर क्रिश मिन्सको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा ३० हजारभन्दा बढीको सहभागीता हुने अपेक्षा गरिएको अध्यक्ष अनील पोखरेलले बताए ।
कार्यक्रमको लागत कम्तिमा २लाख ५० हजार डलर हुने अनुमान गरिएको छ।
![[Tags] IMG_7142-1024x100 सिड्नीमा नेपाल महोत्सवको तयारी तिब्र । यसपटक के होला बिशेष ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7160.jpeg?resize=640%2C807&ssl=1)
![[Tags] IMG_7142-1024x100 सिड्नीमा नेपाल महोत्सवको तयारी तिब्र । यसपटक के होला बिशेष ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/11/IMG_7142.gif?resize=640%2C63&ssl=1)
![[Tags] IMG_7142-1024x100 सिड्नीमा नेपाल महोत्सवको तयारी तिब्र । यसपटक के होला बिशेष ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_4706-1.jpeg?resize=240%2C300&ssl=1)
![[Tags] IMG_7142-1024x100 सिड्नीमा नेपाल महोत्सवको तयारी तिब्र । यसपटक के होला बिशेष ?](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2024/09/IMG_5187.jpeg?resize=300%2C188&ssl=1)