मेरो कपुरि क;- नेपाली चलचित्रहरुको प्रदर्शनमा आएको सकारात्मक पक्षले बिदेशमा पनि प्रभाव पारेको छ । राम्रा कलाकार, स्तरिय कथा र यूवा निर्देशकहरुका नयॉं खोजले नेपाली चलचित्र क्षेत्रलाइ यो अवस्थामा ल्याउन महत्वपूर्ण भूमीका खेलेको हो ।
अष्ट्रेलियामा शत्रुगतेले बम्पर ब्यापार गरिरहेको छ सिड्निमा हाउसफुलका साथ नबौं सो चलिरहँदा राजधानि क्यानबेरामा पहिलो शो हाउसफ़ुल भएर दोस्रो शो चल्ने भएको छ । पहिलो शोकों लागी उत्साहजनक उपस्थिति र टिकट लिन चाहनेहरुको संख्या उल्लेखनीय रहेकाले दोस्रो शो चलाउन पर्ने भयो, भरिया ग्रुपका सदस्य प्रकाश श्रेष्ठले भने ।
यहि आउदो शनिवार १४ अप्रिलका दिन हुन लागेको शोका लागी पनि टिकट अन्तिम अवस्थामा पुगेको कुरा अर्का सदस्य कमल आचार्यले जानकारि दिए ।

बरिष्ठ हरिबशं आचार्य , मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरि सहित यूवा कलाकारहरु रहेको चलचित्रलाइ दर्शकहरुले अत्यन्तै रुचाएका छन् । दर्शकहरुको अनुरोधलाइ महत्व राख्दै अर्को शोका लागी पनि हामीहरु तयार छौं भरिया ग्रुपका सदस्य बावुराम पौडेलले भने । भरिया ग्रुपले नेपाली चलचित्रहरुको प्रदर्शनीका लागी क्यानबेरामा आफनो भूमीका निभाइरहेको छ । यस संस्थामा प्रकाश श्रेष्ठ, कमल आचार्य, बावुराम पौडेलका अलावा अनिल शर्मा र बिशेष बरालले साथ दिइरहेका छन् ।

Total Page Visits: 1541 - Today Page Visits: 1
Shares