काठमाडौँ । नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छिन् ।
काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनलाई सचेतकमा मनोनयन गरेको संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १३ को उपधारा २) बमोजिम मनोनयन गरिएको हो ।
स्रोत : हाम्राकुरा
Total Page Visits: - Today Page Visits: