मेरो कपुरि क सम्वाददाता :- क्यानबेराकै पुरानो नेपाली संस्था अष्ट्रेलिया नेपलिज फ्रेण्डसिप सोसाइटि (ANFS) को बार्षिक साधारण सभा हुने भएको छ । साधारण सभासंगै कार्यसमिति पदाधिकारी पनि परिवर्तन हुने साधारण सभामा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, जन सम्पर्क अधिकृत र छ जना सदस्यहरु रहने कुरा सचिव कुमार सापकोटाले जनाएका छन् ।
संस्थाले सबै पुराना सदस्यहरुमा सदस्यता नविकरण गरिदिन र नयॉं सदस्यहरुलाइ सदस्य बनिदिन पनि आग्रह गरेको छ । सदस्यता बन्नकालागी र नविकरण गर्नका लागी संस्थाको आधिकारिक वेभ साइट http://www.anfscanberra.org.au/memberships-form/ गएर फर्म भर्न अनुरोध गरेको छ ।
संस्थाले साधारण सभाको लागी डा बिनोद नेपालको निर्वाचन आयुक्त तोकेको छ भने अनन्त ज्ञवाली र यूवराज खनियालाइ निर्वाचन अधिकृत तोकेको छ भने निर्वाचनमा भाग लिनका लागी १३ मे २०१८ का दिन रातको १० बजे सम्म दर्ता गरिसक्न संस्थाका अध्यक्ष जीवन रानाले जानकारि दिए ।
संस्थाले तल उल्लेखित समयमा साधारण सभा हुने जनाएको छ ।

AGM Date:  19th May 2018 (Saturday)

Time :          2:00 – 6.00 PM.

Venue:        71 Maclaurin Cres, Chifley, ACT.  2606. (Community Hall)

Total Page Visits: - Today Page Visits:
Shares