बिनायक अधिकारी; मेरो कपुरि क:- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाले सिड्नीमा बाल साहित्य महोत्सव सम्पन्न गरेको छ। प्रवासमा रहने पछिल्ला पुस्ता नेपाली भाषी बालबालिकाहरुमा नेपाली भाषा संस्कृती तथा साहित्य प्रति अभिरुची जगाउने मूल उदेश्यका साथ बाल कविता प्रतियोगिता सहितको “बाल कविता महोत्सव ” आयोजना गरिएको हो।
![[Tags] 43763497-8C8A-4B01-A0A8-0ADEEE06E10A-300x225 सिड्नीमा नेपाली भाषा जोगाउन “बाल साहित्य महोत्सव”](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/43763497-8C8A-4B01-A0A8-0ADEEE06E10A.jpeg?resize=300%2C225&ssl=1)
२२ जना बालबालिकाहरुले भाग लिएको कार्यक्रममा बालबालिकाहरुले कविता प्रतियोगितमा भाग लिएका थिए। प्रतियोगितामा मोनिका काफ्ले प्रथम,विभु सापकोटा द्वितीय र ऋतिका तिवारीले तृतीय स्थान हांसिल गरेका थीए । बालबालिकालाई पुरस्कार सहित प्रमाण पत्र र वाल साहित्यको पुस्तक प्रदान गरिएको थियो। भने प्रतियोगि सबै वालबालिकाहरुलाई प्रमाण पत्र सहित बाल साहित्यको पुस्तक प्रदान गरिएको थियो । कार्यक्रमका निर्णायकमा साहित्यकार महेन्द्र पौडेल, आचार्य प्रभा तथा वरिष्ठ कृषि विज्ञ तथा प्राज्ञ डा. जगदीश तिम्सिना रहेका थीए ।
बाल साहित्य महोत्सवमा रिभा शाहको अध्यक्षतामा अनेसास बाल साहित्य क्लव पनि गठन भएको छ ।
कार्यक्रममा एनएसडब्लुका महाबाडिज्यदूत दिपक खड्का, अनेसासका पूर्व उपाध्यक्ष तथा विश्व शान्ती परिषद्का शान्तिदूत तथा योग गुरु आचार्य राजन शर्मा भीमसेन सापकोटा, एनआरएन अष्ट्रेलियाकी संरक्षक ईन्द्रा वन, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष तथा स्टेट कोर्डिनेटर नन्द गुरुङ्ग, एनआरएनए आईसिसी खेलकुद संयोजक राजु मानन्धर,एनआरएनएका सचिव देव गुरुङ्ग, नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष प्रतिज्ञा अधिकारी, नेपाली शब्दमाला पाठशालाकी अध्यक्ष तथा प्रतिनिधि अर्चना गुरुङ्ग, नेपाली समुदायका अगुवा डा.नारायण प्रधान, नेपाली पत्रका प्रधान सम्पादक,ऋषि आचार्य, बिष्णु हमाल, गायक इश्वर पोखरेल लगाएतको उपस्थिति रहेको थीयो ।
![[Tags] 43763497-8C8A-4B01-A0A8-0ADEEE06E10A-300x225 सिड्नीमा नेपाली भाषा जोगाउन “बाल साहित्य महोत्सव”](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/DCEE8D24-4E17-48F1-9B1C-07BB155F52D8.jpeg?resize=300%2C225&ssl=1)
सभाअध्यक्षको रुपमा रहेकी सानु घिमीरेले सो कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण अभिभावकहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत सबैमा आभार प्रकट गर्दै धन्यबाद दिएकी थिइन । समाजका महासचिव महेश्वर शर्माले संचालन गरेका थिए। सो कार्यक्रममा एनएसडब्लु अष्ट्रेलियाका सचिव दिपक निरौला, कोषाध्यक्ष ममता तिवारी, सदस्य प्रविन टन्डन आयोजकको रुपमा भूमिका निर्वाह गरेका थिए।
![[Tags] 43763497-8C8A-4B01-A0A8-0ADEEE06E10A-300x225 सिड्नीमा नेपाली भाषा जोगाउन “बाल साहित्य महोत्सव”](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/05/20BCC9BD-B2C4-49AF-A975-9EE796715152.jpeg?resize=300%2C225&ssl=1)