बिनायक अधिकारी
यो ठुले र ति नानीको प्रेम कसले बुझेको छ ?
ठेकी र मदानीको प्रेम कसले बुझेको छ ?
जिन्दगी संधै छालले हुत्याए जस्तै भयो
यो किनारा र पानिको प्रेम कसले बुझेको छ ?
देश दुख्नलाइ देशमै बस्नु पर्दैन दाजै
भक्कानेर परदेश जानीको प्रेम कसले बुझेको छ
जनताको यत्रो माया पाउदा पाउदै जानुपर्यो
राजा बिरेन्द्र र रानीको प्रेम कसले बुझेको छ ?
एअर पोर्ट र कर्मचारि नंग र मासु जस्तै हुन
गोरेलाइ सोध सुनखानीको प्रेम कसले बुझेको छ ?
Total Page Visits: - Today Page Visits: