उ आगो भए तिमी, पानी बनेर देखाऊ
सम्बन्धमा बेताज,,, रानी बनेर देखाऊ !!
सजिला हुनेछन्, जिन्दगीका गोरेटाहरु
उस्लाई नेती आफू म’दानी बनेर देखाऊ !!
जोखिदैन माया पक्कै,,, सुनको तराजुमा
सकिँदैन मनको प्रित, खानी बनेर देखाऊ !!
चन्द्रसुर्यलाई पनि, खग्रासले ढाक्छ भने
चिर्दै अन्धाकरहरु बि’हानी बनेर देखाऊ !!
लेखिने छन् गीत पक्कै,, तिम्रै रोहबरमा
उसैका शुशेलीका, रु’मानी बनेर देखाऊ !!
कल्पना आचार्य पौडेल
चितवन, हाल स्पेन ।
Total Page Visits: - Today Page Visits: