काठमाडौं । उपचारको लागि सिंगापुर जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सोफामा सुतेकी भेटिएकी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको नयाँ तस्वीर सार्वजनिक भएको छ । उपचारका लागि सिङ्गापुर पुगेकी सीताको वाटरथेरापीको उपचारसँगै स्विमिङ सिक्दै गरेको तस्वीर सार्वजनीक भएको हो ।
सीता सो तस्विरमा स्विमिङ क्याप र टीसर्ट लगाएकी देखिएकी छन् । उनलाई एक सहयोगीले पछाडीबाट मालिस गर्दै गरेको जस्तो देखिन्छ । स्वीमिङ पूलको यो मालिस वाटर थेरापीको हिस्सा भएको बताइएको छ ।
उपचाररत उनको अनुहारमा त्यति खुशी भने देखिदैन । उनलाई सहयोगीले स्वीमिङ पनि सिकाएको जस्तो देखिन्छ।
डाक्टरहरुको सुझाव अनुसार वाटर थेरापीबाट तनाव मुक्त गराउन स्विमिङ पुलमा लगिएको हो । प्रचण्डले उनलाई उपचारको सिलसिलामा सिङ्गापुर लगेका छन् ।
छोरा प्रकाशको मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छिन्। काखका छोराछोरी गुमाउनुपर्दा सीता पिडित रहेकी छन्। प्रकाशको मृत्यु अघी उनको छोरीको समेत क्यान्सरबाट निधन भएको थियो। त्यसयता उनी निकै नै गलेको देखिन्छ भने उनको पटक पटक विदेशमा उपचार हुँदै आएको छ ।
सीताको तस्विर सार्वजनीक भए पनि उपचारको प्रकृया बारे दाहाल परिवारले केहि बताएको छैन । सीता सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित रहेको जनाइएको छ ।
यसअघि उनको विमानस्थलको सोफामा सुतेको तस्वीर सार्वजनिक भएको थियो । उपचारका लागि सिङ्गापुर प्रस्थान गर्नुअघि एयरपोर्टको बिशेष कक्षभित्र सोफामा उनि सुतिरहेको तस्वीर सार्वजनिक भएको थियो । सीता सुतेको सोफाको अर्कोतर्फ प्रचण्ड उदास भावमा देखिएका थिए ।
सो तस्वीर फेसबुमा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले सामाजिक सञ्जालमा शेयर गरेका थिए । सार्वजनिक भएको सीताको तस्विरमा उनी निकै गलेको रुपमा देखिएको थियो। उनले भिआइपी कक्षमा केहि समय रहँदा समेत स्थिर हुन नसकी सुतेको अवस्थामा तस्विर सार्वजनिक भएको थियो । हाम्राकुरामा खवर छ ।
![[Tags] 4E12DC85-457F-428C-A3C1-ADED45A6CA60-300x156 प्रचण्ड पत्नी सीताको बाटर थेरापीवाट उपचार ।](https://i0.wp.com/merokapurika.com/wp-content/uploads/2018/06/4E12DC85-457F-428C-A3C1-ADED45A6CA60.jpeg?resize=300%2C156&ssl=1)