पर्थ सम्वाददाता :- पश्चिम अस्ट्रेलियाको पर्थमा गत शनिबार १४ जुलाईका दिन भानु जयन्तिको अवसर पारेर कवि गोष्ठी सम्पन्न भयो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पर्थ तथा नेपाली एशोशिएशन अफ वेष्टर्न अष्ट्रेलिया (नावा) ले संयुक्त रुपमा आयोजना भएको साहित्यिक कार्यक्रममा नेपाली भाषा पाठशालाको वार्षिक प्रगती विवरण समेत प्रस्तुत गरिएको थियो ।

आदिकवी भानुभक्त आचार्यको फोटोमा माल्यार्पण गरेर सुरु गरिएको कार्यक्रमको पहिलो खण्डमा नेपाली भाषा पाठशालाका प्रधानाध्यापक आङ्ग दावा शेर्पाले भाषा पाठशालाकाको प्रगती विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको दोश्रो खण्डमा नावाका अध्यक्ष डा. मणी पनेरुको मन्तब्यसंगै रचना वाचन सुरु गरिएको थियो । रचना वाचनको क्रममा बिभिन्न साहित्यकारहरुले भानुको ब्यक्तित्व तथा नेपाली भाषा तथा साहित्य माथि उनको प्रभाब बारे चर्चा गरेका थिए ।

8681C1AC-3A67-413B-B990-EE17420099ED-300x225 पर्थमा भानु बिशेष कार्यक्रम सम्पन्न

कार्यक्रममा अतिथी साहित्यकारको रुपमा प्रखर युवा छन्द कवी सुदेश सत्याललाई स्काइपको माध्यमबाट सुनिएको थियो । कवी सत्यालका ’फर्केर आउ घर’, ‘भुकम्प’ लगायतका कविताले दर्सक दिर्घामा निक्कै गम्भिरता छाएको थियो । रचना वाचनमा स्थानीय कविहरु सन्तोष लम्साल, रीजा प्रधान, रीया श्रेष्ठ, राजेश बुढाथोकी, हरी अधिकारी, देवकी थानी, गुनाखर सुवेदी, काशीराज पाण्डे, निरज क्षेत्री, मणी पनेरु, हिमाल पाण्डे, आङ दावा शेर्पा, गणेश घिमिरे लगायतले सहभागिताका जनाएका थिए । अनेसासका केन्द्रीय सचिव गणेश घिमिरेले कार्यक्रम बारे जानकारी दिदै रचना वाचनका हिसाबले कार्यक्रम अहिले सम्मकै स्तरिय भएको जानकारी दिए। भानु जयन्ति मनाउन रिभरभेल कम्युनिटी हल खचाखच भरिएको थियो |

अन्त्यमा अनेसास पर्थका अध्यक्ष निरज क्षेत्रीले धन्यवाद सहित कार्यकम समापन गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य हरि अघिकारी तथा कार्यकम सन्चालन रिजा प्रधानले गरेकी थिइन ।

8681C1AC-3A67-413B-B990-EE17420099ED-300x225 पर्थमा भानु बिशेष कार्यक्रम सम्पन्न

Total Page Visits: - Today Page Visits:
Shares