अनिता भण्डारी (पौडेल )
नंया बानेश्वर ,काठमाडौँ
साउनको महिना रमाइलो झुलासरी झुल्न मन लाग्छ
हरियाली बातावरण आहा ! उनैसँग डुल्न मनलाग्छ
रहर अनि मनभरी उमङ्ग बोकी रमाइलो गर्न पाउदा
राधा कृष्ण जस्तै गरी रासलीलामा भुल्न मन लाग्छ
दिन पछि रात आए झैं आउछ उज्यालो अनि अँध्यारो
शीतको थोपासंगै मुस्कुराउने फूल भई फूल्न मन लाग्छ
बगिरहेछन लाखौका सपनाहरु बाढी र पहिरोसंग कठै !
बादल र झरी पछिको आकाश खुले झैँ खुल्न मन लाग्छ
बाल्यकालका साथीहरु कुलो नहर र खेतका आलीहरु
सबै यादहरु समेटेर हरेक बर्ष मनभरी हुल्न मनलाग्छ
Total Page Visits: - Today Page Visits: