बिनायक अधिकारी :- अष्ट्रेलीयाको राजधानि क्यानबेरामा डा. गोबिन्द केसीले माग प्रति नेपालीहरुले एेक्यबद्धता जनाएका छन्। बिभिन्न पोष्टर र पम्प्लेट लिएर  क्यानबेराबासी नेपालीहरु शहरको मुख्य पार्क एक्शन पार्कमा आज जुलाइ १८ का दिन जम्मा भएका थीए । कार्यक्रम सुरुवात गर्दै जन सम्पर्क समिति क्यानबेराका अध्यक्ष अशोक सुबेदिले डा केसीका मागहरु सबै नेपालीका लागी रहेको हुनाले जसले बुझेको छ उसले पक्कै पनि डा केसीका पक्षमा रहने कुरा बताए । 

एेक्यबद्धता कार्यक्रममा बोल्दै क्यानबेराका अभिभावक तथा समाजसेवी डा कृष्ण हमालले डा केसीका मागहरु राम्रा र सबैका लागी भएकाले सबैलाइ सहयोग गर्न आग्रह गरे । त्यस्तै क्यानबेराकै अग्रज पत्रकार प्रदीप तिमील्सिनाले जायज माग भएकाले एक्यबद्धता जनाएको र मेडिकल माफिया तस्करिको जालो सुन तस्कर भन्दा ठुलो रहेको कुरा बताउदै नेपाल सरकारलाइ डा केसीका मागहरु तुरुन्त पुरागर्न आग्रह गरे । 

565C2588-6A95-49BC-B67D-F34674A1F8F6-300x225 क्यानबेराका नेपालीले गरे डा केसीको मागमा एेक्यबद्धता ।

एनआरएनए एसीटिका उपाध्यक्ष अशोक बस्नेतले बोल्दै पन्ध्रौ अनसन बस्दा पनि सरकारले माग पुरा नगर्नु लज्जास्पद भएको बताए । हामी बिदेशमा बसेर पनि जानकार छौं यी सबै मागहरु सबै एकैचोटि पुरा गर्न नसकेपनि बिस्तारै गर्नुपर्ने र सबैलाइ डा केसीका मागप्रति समर्थन गर्न आग्रह गरे । 

चितवन जिल्ला नेपाली कॉंग्रेसका पूर्व अध्यक्ष टिकाराम न्यौपानेले नेपालको अवस्थामा केसीको मागले आम नेपालीको आत्मा बोलेको छ त्यसैले माँग तत्काल पुरा गर्न आग्रह गरे । नेपालीको आत्मा शान्तिको लागीपनि मागहरु सरकारले तत्काल पुरा गरोस न्यौपानेले भने । त्यस्तै एेक्यबद्धता कार्यक्रम समन्वय गर्न मुख्य मूमिका निर्वाह गरेका चन्द्र तिवारीले पटक पटक बार्ता भएर पुरा नगरेको हुनाले यो अवस्था आएको बताए । डा केसीका मागले गर्दा देश तथा बिदेशमा हामीसबैलाइ एक बनायको बताए ।उनले यो सत्याग्रह हो यसलाइ खिसिटिउरि नगर्न र डा केसीको जीवनरक्षा गर्न र माग पुरा गर्न सरकारलाइ आग्रह गरे ।

 त्यस्तै भागीरथ सापकोटाले केसीको मागको मुल्यॉंकन गर्न आग्रह गर्दै यसै मागले भोलि हजारौं यूवाहरु बाटोमा आउनेछन र सानों झिल्काले ठुलो क्षति पुर्याउने हुनाले सरकारलाइ बेलैमा सचेत हुन आग्रह गरे । एेक्यबद्धता कार्यक्रममा क्यानबेराका बिभिन्न संघ संस्थाका प्रतिनिधि र ब्यक्तिहरुको उपस्थिति थीयो ।

565C2588-6A95-49BC-B67D-F34674A1F8F6-300x225 क्यानबेराका नेपालीले गरे डा केसीको मागमा एेक्यबद्धता ।

565C2588-6A95-49BC-B67D-F34674A1F8F6-300x225 क्यानबेराका नेपालीले गरे डा केसीको मागमा एेक्यबद्धता ।

565C2588-6A95-49BC-B67D-F34674A1F8F6-300x225 क्यानबेराका नेपालीले गरे डा केसीको मागमा एेक्यबद्धता ।

565C2588-6A95-49BC-B67D-F34674A1F8F6-300x225 क्यानबेराका नेपालीले गरे डा केसीको मागमा एेक्यबद्धता ।

Total Page Visits: 2315 - Today Page Visits: 1
Shares