काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनसन बसेका डा गोविन्द केसीले अन्तत अनशन तोडेका छन्। १५ औं पटकको अनशन अहिलेसम्मकै लामो रह्यो। केसीको यो अनशन २७ दिनसम्म लम्वियो।
सरकारले अनेक प्रयास गरेर गलाउन खोजेपनि केसीले आफूले राखेका मागहरुमा तलमाथि गरेर सम्झौता नगरेपछि सरकार उनका माग सुन्न वाध्य भएको हो। देशभरबाट केसीका पक्षमा अभुतपूर्व रुपमा समर्थन प्राप्त हुँदै जाँदा सरकार आफ्नो अडानबाट पछि हटेको थियो। झक्नुनै पर्ने भएपनि अनेक हतकण्डा प्रयोग गरेर केसीलाई झुकाउन खोजेपनि सरकार आफै झुक्न वाध्य भएको छ।
सरकार र केसी पक्षबीच भएको २२ बुँदे सहमतिमा काठमाडौं उपत्यकामा १० बर्षभित्र कुनै पनि मेडिकल कलेज स्थापना नगर्ने भन्नेमा विवाद भएपनि त्यसमा बीचको बाटो निकालिएको छ।
सहमति अनुसार आसयपत्र दिइसकेका मेडिकल कलेजहरुलाई काठमाडौं उपत्यकाबाट बाहिर जान प्रोत्साहित गर्ने र जान नचाहनेलाई आपसी सहमतिमा सरकारले किन्न सक्ने प्रस्तावमा सहमति जनाइएको छ।
पटकपटक डा केसीसँग परामर्श गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा केसी र सरकारीपक्षबीच नौँ बुँदे सहमति भएको हो। यद्यपी सहमति पत्रमा केसी स्वयंले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट शिक्षा सचिव खगराज वरालले हस्ताक्षर गरेका छन्।
अनशन तोडाउन नेकपाका नेता तथा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङ र नेकपाका महासचिव बिष्णु पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए। चिकित्सा शिक्षामा आमुल सुधारका लागि तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालका पालामा गठित कार्यदलका संयोजक प्रा केदारभक्त माथेमा र नेम्वाङले जुस पिलाएर केसीको अनशन तोडाएका थिए। अनशन तोड्ने क्रममै नेम्वाङ र पौडेलले केसी अनशन बसेको अगाडी नै कुर्सी राखि पत्रकारहरुसँग कुरा गरेका थिए।
डा केसीले अब अनशनस्थलमा आएको सहमति पत्रमा हस्ताक्षर गरेर अनसन तोडेका हुन् । यसका लागि सरकारी वार्ता टोली टिचिङ अस्पताल पुगेका थिए।
केसीले अनशन तोडेपछि उनका समर्थकहरुमा खुसी देखिएको छ। अनशन तोडिएसँगै केसीलाई आइसियूमा सारिएको छ।
![[Tags] 37805108_1903949612961703_45206691158949888_n डा केसीले अनसन तोडे : सरकार झुकेरै छोड्यो ।( पूर्णपाठसहित )](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/37805108_1903949612961703_45206691158949888_n.jpg?_nc_cat=0&oh=1e7973ec057a205aac37e05b331d57f7&oe=5C12CA93)
![[Tags] 37805108_1903949612961703_45206691158949888_n डा केसीले अनसन तोडे : सरकार झुकेरै छोड्यो ।( पूर्णपाठसहित )](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/37809874_1903950072961657_8110084387376201728_n.jpg?_nc_cat=0&oh=ef1f158943628272a38f2615898ef3a9&oe=5BD40CE3)
![[Tags] 37805108_1903949612961703_45206691158949888_n डा केसीले अनसन तोडे : सरकार झुकेरै छोड्यो ।( पूर्णपाठसहित )](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.15752-9/37809878_1903950526294945_7587172711793688576_n.jpg?_nc_cat=0&oh=864bb04c66cd3a124faf3f83ea11c4fe&oe=5BC8D750)
डा केसीले गएको असार १६ गतेदेखि जुम्लामा अनसन सुरु गरेका थिए। उनको स्वास्थ्य खतरामा रहेको खबर आउनासाथ सरकारले अनसनको २०औं दिन साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा वल प्रयोग गरि उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो । केसीको यो सबैभन्दा लामो अनसन भएको छ । हाम्राकुरामा खवर छ ।