काठमाडौं। उपराष्ट्रपति नन्द वहादुर पुनले सरकारले घोषणा गरेका कतिपय महत्वाकाँक्षी योजनाहरुमा गम्भिर आशंका व्यक्त गरेका छन्। उनले प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले व्यक्त गर्दै आएका कुराहरुमा गम्भिर आशंका व्यक्त गरेका हुन्।

आफ्नो अभिव्यक्तिमा सरकारका काम गराईप्रति निराश देखिएका उपराष्ट्रपति पुनले सरकारको कामको बारेमा थुप्रै जनगुनासो आउन थालेको बताए।

आइतवार भएको एक कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै उपराष्ट्रपति पुनले सरकारले आफ्नो काममा गती दिन नसकेको र अत्यन्तै ढीला काम भइरहेको सेवाग्राहीहरुको गुनासो आएको बताए।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै उपराष्ट्रपति पुनले कामको गती बढाउन आग्रह गरे।

काम गर्ने शैली र गती नबढाउने हो भने यो ५ बर्ष समृद्धीको विषय कुरामा मात्र सिमित हुने खतरा रहेको भन्दै उपराष्ट्रपतिले सरकारलाई सचेत गराए।

राजधानी काठमाडौंमा पनि डुवान, खाल्डाखुल्डी भएकोमा उनले अप्रसन्नता व्यक्त गरे। कलंकी नागढुङगा सडक, चाहविल बौद्ध सडकको दुरावस्था, ठमेलमा हिलोको विजोग लगायतका उदाहरण दिदै पुनले यस्ता समस्या समाधानका लागि तीव्र गतीमा काम हुनुपर्ने बताए।

काम गर्ने तौरतरिकामा सुधार ल्याउन सकेनौं भने पानीजहाज, कार्गो, रेल अनि समृद्धीको कुरा गफ मात्र हुने उपराष्ट्रपतिले बताए। हाम्राकुरामा खवर छ ।

Total Page Visits: - Today Page Visits:
Shares