काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नेता तथा सांसद गगन थापा र काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले युरोप भ्रमण त्यागेका छन् ।

थापा र पौडेल गत असार ३१ गते युरोप भ्रमणमा गई साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको थियो । उनीहरु जर्जिया, पोर्चुगल, स्पेन, नर्भे, बेल्जियम, नेदरल्याण्ड लगायतका देशमा जाने कार्यक्रम थियो ।

थापा र पौडेलले मुलुकको विषय परिस्थितिलाई ध्यानमा राख्दै युरोप भ्रमणमा नगएको प्रतिक्रिया दिएका छन् ।

अहिले चिकित्सा क्षेत्रमा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै युवा नेताहरु युरोप भ्रमणमा नगएका हुन् । थापा र पौडेलले चिकित्सा क्षेत्रको विकृति हटाउन माथेमा प्रतिवेदन लागु गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

त्यसैगरी सत्याग्रही प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक रहेको, संसदमा चिकित्सा शिक्षा विधेयक फरक ढंगले पेश गरिएको र यस्तो अवस्थामा मुद्दामा अडिक रहने नेताहरु नभइदिए अहिलेसम्मको योगदानको पनि औचित्य सकिने भएकाले भ्रमण स्थगित गर्नुपरेको हो ।

थापा आफैले चिकित्सा विधेयक प्रस्तावको विरोधको सूचना आफैले राखेर अनुपस्थित हुन नमिल्ने भएकाले नैतिकताका आधारमा सांसद थापाले भ्रमण स्थगित गरेका हुन् ।

नेता पौडेलले निषेधित क्षेत्र तोड्दै गोविन्द केसीका माग सम्वोधन गर्न दबाब दिँदै गत महिना माइतीघर मण्डलामा विरोध सभा गर्दा उक्त कार्यक्रमको नेतृत्व गरेका थिए ।

को को गए युरोपतिर 
अहिले जनसम्पर्क समन्वय समिति युरोपको विस्तारित बैठक र पोर्चुगलको अधिवेशनमा प्रमुख अतिथिका रुपमा सहभागी हुन काँग्रेस उपसाभापति विमलेन््र निधि युरोप गएका छन् । उनीसंगै आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल र अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराई गएका छन् । हाम्राकुरामा खवर छ ।

AEC7FCF3-371C-4929-8B18-95CFDAB8420B-300x150 किन त्यागे गगन थापा र प्रदीप पौडेलले यूरोप भ्रमण ?

Total Page Visits: - Today Page Visits:
Shares